कम मूल्यमा मिनी इभी उतार्ने कियाको योजना, ४ वर्षमा १३ नयाँ इभी आउने

कोरियन अटो निर्माता कियाले इभी लाइनअपमा आफ्नो उत्पादन विस्तार गर्ने योजना बनाएको छ । सन् २०२७ सम्ममा १३ नयाँ इभी थप्ने लक्ष्य लिएकोे कम्पनीले सस्तो मूल्यमा मिनी इभी समेत ल्याउने योजना बनाएको हो ।

कम्पनीको यूरोपेली बजार प्रमुख डेभिड हिलवर्टका अनुसार यसरी थपिने नयाँ मोडलमा सिटी कार इभी१ देखी फूल साइज एसयूभी इभी९ सम्म रहनेछ । जसमध्ये साना इभीको बजार युरोप लक्षित रहने उनले जनाएका छन् ।

इभी संगै कम्पनीले पावरट्रेनमा विभिन्न विकल्प दिने योजना समेत बनाएको छ । कियाले हाल बिक्री गर्दै आएको निरो इलेक्ट्रिक, हाइव्रिड र प्लग–इन हाइव्रिड पावरट्रेनमा उपलब्ध रहँदै आएकोमा केही नयाँ मोडलमा समेत यसरी विभिन्न भेरिएन्ट दिन लागिएको हो ।

कियाले निकट भविष्यमै आफ्नो इभी५ मोडललाई चीनमा लन्च गर्ने योजना बनाएको छ । यसैगरी यूरोपेली बजारलाई लक्षित गरी पूजो ई २००८ संग प्रतिस्पर्धा गर्ने गरी उसले इभी३ लाई उतार्ने तयारी गरेको छ । साथै फक्सवागन आइडी–२ संग प्रतिस्पर्धा गर्नेगरी इभी१ ल्याउने समेत कम्पनीको योजना छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज

बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज

बीवाईडीको नयाँ इलेक्ट्रिक सेडान सिलले अहिले नेपाली बजारमा निकै चर्चा...

स्पेनमा विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाउँदा ७ हजार युरोसम्म पाइने

स्पेनमा विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाउँदा ७ हजार युरोसम्म पाइने

स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन्...

साझाका विद्युतीय बस अपांगमैत्री हुने, सिंगल चार्जमा २ सय किमी चल्ने

साझाका विद्युतीय बस अपांगमैत्री हुने, सिंगल चार्जमा २ सय किमी चल्ने

काठमाडौं – साझाले नेपालमा परीक्षणका लागि भित्र्याइरहेको विद्युतीय बस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...