किया ईभी–५ को एक्सपोर्ट मोडल उत्पादन सुरु, राइट ह्यान्ड ड्राइभमा पनि आउने

कियाले आफ्नो इलेक्ट्रिक कम्प्याक्ट एसयुभी ईभी–५ को एक्सपोर्ट मोडललाई चीनमा उत्पादन सुरु गरेको छ । यसअघि चिनियाँ बजारका लागि मात्र उत्पादन हुँदै आएको ईभी–५ अव राइट ह्यान्ड ड्राइमा समेत आउन लागेको हो । कियाले सो ईभीलाई चीनमा उत्पादन गरी राइट र लेफ्ट दुबै ह्यान्ड ड्राइभ सहित विश्व बजारमा निर्यात गर्नेछ ।

प्रोडक्ट पोर्टफोलियोमा ईभी–६ भन्दा तल रहने उक्त एसयूभीलाई कियाले ८०० भोल्ट ई–जीएमपी प्लेटफर्मममा उत्पादन गर्नेछ । सो प्लेटफर्म प्रयोग गरी चीनमा उत्पादन हुने र विश्वबजारमा निर्यात हुने उक्त मोडल पहिलो किया ईभी हुने कम्पनीको भनाई छ ।

चीनमा बिक्री हुँदै आएको ईभी–५ मा १६० किलोवाट क्षमताको मोटर जाडन गरिएकोमा यसको एक्सपोर्ट मोडलमा अर्कोे ७० किलोवाट क्षमताको मोटर रियर एक्सलमा जडान हुनेछ । उक्त एसयुभी अल ह्विल ड्राइभ सिस्टममा आउन लागेको हो । सो एसयूभीलाई १८५ किलोमिटर प्रतिघण्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ । पछि यसको जीटी भर्सन समेत आउने अनुमान गरिएको छ ।

बजारको माग अनुसार यसमा जडान हुने ब्याट्री प्याक भने भिन्न हुने किया मोटर्सले जनाएको छ । चीनमा सो एसयुभी ६४.२ र ८८.१ किलोवाट आवारको ब्लेड ब्याट्री प्याकमा उपलब्ध रहँदै आएकोमा यसले दिने रेन्ज क्रमशः ५३० र ७२० किलोमिटर दावी गरिएको छ । कोरियामा भने सो ईभी ५८ किलोवाट आवर र ८१ किलोवाट आवर साइजको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । बजार अनुसार यसमा एनएमसी र एलएफपी ब्याट्रीको विकल्प पाइनेछ ।

कारमा आई–पेडल सिस्टम, १२.३ इन्चको डुअल स्क्रिन, ५ इन्चको क्लाइमेट कन्ट्रोल स्क्रिन र भेइकल टु लोड एबं भेइकल टु ग्रिड लगायत फिचर उपलब्ध हुनेछ । ईभी–५ को सुरुवाती मूल्य चिनमा २० हजार ७०० डलर निर्धारण गरिएको छ । राइट ह्यान्ड ड्राइभमा समेत आउने भएपछि सो कार भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुनसक्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

किया ईभी३ लाई ऐतिहासिक सफलता, बन्यो वर्ल्ड कार अफ द इयर २०२५

किया ईभी३ लाई ऐतिहासिक सफलता, बन्यो वर्ल्ड कार अफ द इयर २०२५

किया ईभी३ लाई २०२५ को विश्व कार अवार्डमा विजेता घोषित गरिएको छ । यो घोषणा...

भ्वाइस कमान्ड र इलेक्ट्रिक सनरुफ फिचर सहित आयो किया सोनेटको स्पेसल एडिसन ‘आरोस’

भ्वाइस कमान्ड र इलेक्ट्रिक सनरुफ फिचर सहित आयो किया सोनेटको स्पेसल एडिसन ‘आरोस’

कियाले सब फोर मिटर एसयूभी सोनेटको स्पेसल भर्सन ‘आरोस’ लन्च गरेको छ ।...

प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस

प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस

२०२२ किया सेल्टोस फेसलिफ्ट दक्षिण कोरियामा लन्च भएको छ । मिडिया रिपोर्टका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...