किया ईभी–५ को एक्सपोर्ट मोडल उत्पादन सुरु, राइट ह्यान्ड ड्राइभमा पनि आउने

कियाले आफ्नो इलेक्ट्रिक कम्प्याक्ट एसयुभी ईभी–५ को एक्सपोर्ट मोडललाई चीनमा उत्पादन सुरु गरेको छ । यसअघि चिनियाँ बजारका लागि मात्र उत्पादन हुँदै आएको ईभी–५ अव राइट ह्यान्ड ड्राइमा समेत आउन लागेको हो । कियाले सो ईभीलाई चीनमा उत्पादन गरी राइट र लेफ्ट दुबै ह्यान्ड ड्राइभ सहित विश्व बजारमा निर्यात गर्नेछ ।

प्रोडक्ट पोर्टफोलियोमा ईभी–६ भन्दा तल रहने उक्त एसयूभीलाई कियाले ८०० भोल्ट ई–जीएमपी प्लेटफर्मममा उत्पादन गर्नेछ । सो प्लेटफर्म प्रयोग गरी चीनमा उत्पादन हुने र विश्वबजारमा निर्यात हुने उक्त मोडल पहिलो किया ईभी हुने कम्पनीको भनाई छ ।

चीनमा बिक्री हुँदै आएको ईभी–५ मा १६० किलोवाट क्षमताको मोटर जाडन गरिएकोमा यसको एक्सपोर्ट मोडलमा अर्कोे ७० किलोवाट क्षमताको मोटर रियर एक्सलमा जडान हुनेछ । उक्त एसयुभी अल ह्विल ड्राइभ सिस्टममा आउन लागेको हो । सो एसयूभीलाई १८५ किलोमिटर प्रतिघण्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ । पछि यसको जीटी भर्सन समेत आउने अनुमान गरिएको छ ।

बजारको माग अनुसार यसमा जडान हुने ब्याट्री प्याक भने भिन्न हुने किया मोटर्सले जनाएको छ । चीनमा सो एसयुभी ६४.२ र ८८.१ किलोवाट आवारको ब्लेड ब्याट्री प्याकमा उपलब्ध रहँदै आएकोमा यसले दिने रेन्ज क्रमशः ५३० र ७२० किलोमिटर दावी गरिएको छ । कोरियामा भने सो ईभी ५८ किलोवाट आवर र ८१ किलोवाट आवर साइजको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । बजार अनुसार यसमा एनएमसी र एलएफपी ब्याट्रीको विकल्प पाइनेछ ।

कारमा आई–पेडल सिस्टम, १२.३ इन्चको डुअल स्क्रिन, ५ इन्चको क्लाइमेट कन्ट्रोल स्क्रिन र भेइकल टु लोड एबं भेइकल टु ग्रिड लगायत फिचर उपलब्ध हुनेछ । ईभी–५ को सुरुवाती मूल्य चिनमा २० हजार ७०० डलर निर्धारण गरिएको छ । राइट ह्यान्ड ड्राइभमा समेत आउने भएपछि सो कार भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुनसक्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अटो एक्स्पो २०२५ : किया ईभी६ फेसलिफ्ट एसयूभी सार्वजनिक, रेन्ज ६५० किमि दाबी

अटो एक्स्पो २०२५ : किया ईभी६ फेसलिफ्ट एसयूभी सार्वजनिक, रेन्ज ६५० किमि दाबी

कियाले भारत मोबिलिटी ग्लोबल एक्सपोमा ईभी६ फेसलिफ्ट सार्वजनिक गरेको छ। यो...

कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सेल्टोसको फेसलिफ्ट भर्सनमा...

कियाले कम्प्याक्ट एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल जुलाई ४ मा सार्वजनिक गर्ने

कियाले कम्प्याक्ट एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल जुलाई ४ मा सार्वजनिक गर्ने

कियाले आफ्नो फ्ल्यागसिप एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल सार्वजनिक गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...