कियाले सन् २०२६ सम्म भारतमा ३ नयाँ इलेक्ट्रिक कार ल्याउने
किया मोटर इन्डियाले सन् २०२६ सम्ममा भारतीय ईभी बजारमा ३ वटा नयाँ...
किया सोनेट इन्डियाले भारतीय बजारमा कम्प्याक्ट एसयूभी किया सोनेटको तेस्रो जेनेरेसन पेश गरेको छ । नयाँ सोनेटमा कियाको नयाँ लोगो समावेश गरिएको छ । सोनेटको प्रतिस्पर्धी मारुती भिटारा ब्रेजा, हुन्डाई भेन्यु, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी३००, रेनो काइगर र निसान म्याग्नाइट आदि रहेका छन् ।
कारको फ्रन्ट र रियरमा कम्पनीको नयाँ लोगो रहेको छ । नयाँ लोगोको साथै किया सोनेटको क्याबिनमा नयाँ फिचर समावेश गरिएको छ । सो कार एसयूभीको रेन्जमा दुई भेरिएन्ट एचटीएक्स पेट्रोल डीसीटी र एचटीएक्स डिजेल एटी समावेश रहेको छ ।
कारको एचटीएक्स भेरिएन्टमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको साथमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, एलईडी डीआरएलएसको साथमा एलईडी हेडलाइट, इलेक्ट्रिक सनरुफ, स्टेयरिङ माउन्टेड कन्ट्रोल जस्ता फिचर समावेश रहेको छ ।
हाल किया सोनेटको तीन इन्जिन विकल्प १.२ लिटर पेट्रोल युनिट (८२ बीएचपी र ११५ एनएम), १.५ लिटर डिजेल (९९ बीएचपी र २४० एनएम) युनिट र १.० लिटर र टर्बाेचाज्र्ड पेट्रोल (११८ बीएचपी र १७२ एनएम) युनिट रहेको छ । सो कार ६ स्पिड आईएमटी र ७ स्पिड डीसीटी ट्रान्समिसनको साथमा जोडिएको छ ।
किया मोटर इन्डियाले सन् २०२६ सम्ममा भारतीय ईभी बजारमा ३ वटा नयाँ...
कियाको पहिलो इलेक्ट्रिक कार ईभी६ ले ग्राहकहरुको तर्फबाट राम्रो...
२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...