भ्वाइस कमान्ड र इलेक्ट्रिक सनरुफ फिचर सहित आयो किया सोनेटको स्पेसल एडिसन ‘आरोस’

कियाले सब फोर मिटर एसयूभी सोनेटको स्पेसल भर्सन ‘आरोस’ लन्च गरेको छ । सोनेटको आरोस एडिसन यसको एचटीएक्स भेरिएन्टमा आधारित छ । यसको मूल्य ११ लाख ८५ हजार देखि १३ लाख ४५ हजार भारुसम्म छ ।

कम्पनीले सोनट आरोस १.० लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर टर्बो डिजेल इन्जिनमा लन्च गरेको हो । पेट्रोल इन्जिनले १२० एचपी पावर र १७२ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ७ स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्ससँग ट्युन गरिएको छ । यसको डिजेल इन्जिनले ११६ एचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । डिजेल इन्जिनमा ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स जडान गरिएको छ ।

कारको फ्रन्टमा सिग्नेचर टाइगर नोज ग्रिल दिइएको छ । कारमा फ्रन्ट टेजेरिनको साथ आरोस फ्रन्ट, रियर र साइड स्किड प्लेट समावेश छ । यसको साथै कारमा १६ इन्चको डायमण्ड कट अलोय ह्विल, क्राउन ज्वेल एलईडी हेडल्याम्प दिइएको छ ।

कारमा इलेक्ट्रिक सनरुफ पनि लगाइएको छ, जसलाई भ्वाइस कमाण्डमार्फत सञ्चालन गर्न सकिन्छ । सो कार ४ कलरमा उपलब्ध छ ।

किया सोनेट आरोस एडिसनमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसले एन्ड्रोइड अटो र एप्पल कार प्लेलाई सपोर्ट गर्छ । यसमा फ्ल्याट–बटम स्टेयरिङ ह्विल, हाइट एडजस्टेबल ड्राइभर सिट, रिमोट इन्जिन स्टार्ट फङसन, पुश–बटन स्टार्टसहितको स्मार्ट कि, क्रुज कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर पनि छ ।

सेफ्टीका लागि कारमा इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, इमरजेन्सी स्टप सिग्नल, ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल–स्टार्ट असिस्ट कन्ट्रोल, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट र ४ वटा एन्टिलक ब्रेक सिस्टम समावेश छ ।

सम्बन्धित समाचारहरू

७ सिटर किया क्यारेन्सले मच्चायो सनसनी, ३६ महिनामा २ लाख युनिट बिक्री

७ सिटर किया क्यारेन्सले मच्चायो सनसनी, ३६ महिनामा २ लाख युनिट बिक्री

किया सेल्टोस र सोनेट पछि अब कियाको ७ सिटर फेमिली कार क्यारेन्सले बिक्रीमा...

कियाको नयाँ ईभी६ भारतमा लन्च, सिंगल चार्जमा ६६३ किमी रेन्ज

कियाको नयाँ ईभी६ भारतमा लन्च, सिंगल चार्जमा ६६३ किमी रेन्ज

किया इन्डियाले आफ्नो नयाँ ईभी६ लन्च गरेको छ । सो नयाँ इलेक्ट्रिक कार...

किया सेल्टोस फेसलिफ्ट आउँदै, देखियो परीक्षणमा

किया सेल्टोस फेसलिफ्ट आउँदै, देखियो परीक्षणमा

किया मोटर्सले २०१९ मा सेल्टोसको साथमा भारतीय बजारमा पहिलो पटक प्रवेश...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...