प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस

२०२२ किया सेल्टोस फेसलिफ्ट दक्षिण कोरियामा लन्च भएको छ । मिडिया रिपोर्टका अनुसार सो कार अर्को महिना भारतमा लन्च गर्ने सम्भावना रहेको छ । यद्यपि भारतको मोडल कोरियाको मोडलभन्दा अलि फरक हुनेछ । नयाँ किया सेल्टोस फेसलिफ्टमा हालको मोडलको इन्जिन प्रयोग हुने सम्भावना छ । भारतीय मोडलमा केही कस्मेटिक परिवर्तन हुनेछ । नेपाली बजारमा पनि त्यही अनुसार भविष्यमा उपलब्ध हुनेछ ।

रिपोर्टका अनुसार सेल्टोस फेसलिफ्ट भारतमा प्यानोरामिक सनरुफ र ६ वटा एयरब्यागको साथ लन्च हुन सक्छ । भारतमा ८ जनासम्म यात्रु बोक्न सक्ने सबै कारमा ६ वटा एयरब्याग राख्नु पर्ने नियम छ । किया मोटर्सले हालसम्म भारतमा ५ लाख युनिट बिक्री गरिसकेको छ ।

किया मोटर्स भारतमा सन् २०१९ मा प्रवेश गरेको थियो । किया सेल्टोस अगस्त २०१९ मा लन्च गरिएको थियो । किया सेल्टोस भारतमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी मध्ये एक हो ।

सेल्टोसले पछिल्लो ३ वर्षमा धेरै परिवर्तन गरेको छ र यसको लाइनअपमा केही नयाँ भेरिएन्टहरू पनि थपेको छ । नयाँ किया सेल्टोस भारतमा लन्चिङ पछि हुन्डाई क्रेटा, फक्सवागन टाइगुन, स्कोडा कुशाक र एमजी एस्टोर जस्ता लोकप्रिय कारसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

१३ लाख ३९ हजार भारुमा लन्च भयो किया सोनेट एक्स लाइन

१३ लाख ३९ हजार भारुमा लन्च भयो किया सोनेट एक्स लाइन

कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...

कियाले ल्यायो मनसुन मेनिया, १ लाख क्यास डिस्काउन्ट र १ लाख एक्सचेन्ज बोनस

कियाले ल्यायो मनसुन मेनिया, १ लाख क्यास डिस्काउन्ट र १ लाख एक्सचेन्ज बोनस

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

क्र्यास टेष्टमा किया साइरोसलाई ५ स्टार रेटिङ

क्र्यास टेष्टमा किया साइरोसलाई ५ स्टार रेटिङ

कियाले हालै लन्च गरेको नयाँ सब कम्प्याक्ट एसयुभी साइरोसले क्र्यास टेष्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...