२०२५ मोडल किया सेल्टोसको केही दिन पछि नेपालमा बिक्री सुरु हुने, यस्तो हुनेछ मूल्य र फिचर
कठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
अन्ततः कियाले नयाँ २०२३ एसयूभी सेल्टोस सार्वजनिक गरेको छ । यसको बुकिङ आगामी जुलाई १४ देखि भारतमा शुरु गरिने छ । कम्पनीले नयाँ सेल्टोस ३ भेरिएन्ट र ८ कलर विकल्पमा लन्च गरेको हो । यसमा एडीएएस जस्ता सेफ्टी फिचर थपसहित ३ वटा इन्जिनको विकल्प छ ।
नयाँ सेल्टोसमा इन्टेरियर र एक्सटेरियरको डिजाइनमा पनि परिवर्तन गरिएको छ । साथै कारको फ्रन्ट लुकमा पनि पूर्ण रूपमा परिवर्तन गरिएको छ । कारको अलोय ह्विल पनि परिवर्तन गरिएको छ ।
कारको इन्टेरियरको कलर थिम र अपहोल्स्ट्री पनि परिवर्तन गरिएको छ । यसमा १०.२५ इन्चको ड्युअल स्क्रिन, इन्फोटेनमेन्ट सिस्टम र पूर्ण डिजिटल डिस्प्ले जडान गरिएको छ । कारको एसी भेन्टको डिजाइन पनि परिवर्तन गरिएको छ ।
कारमा लेभल २ एडीएएस, प्यानोरामिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्युअल जोन क्लाइमेट कन्ट्रोल एसी, अटो होल्ड, ८वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, नयाँ स्टेयरिङ ह्विल, मुड एडजस्टिङ लाइट, एम्बियन्ट लाइट, एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस चार्जर, ट्रयाक्सन कन्ट्रोल, बोस साउन्ड सिस्टम, हेडअप डिस्प्ले, ६ एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर रहेको छ ।
कियाले सेल्टोसमा नयाँ १.५ लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । यो इन्जिनले १६० बीएचपी पावर जेनेरेट गर्छ । साथै कारमा विद्यमान १.५ लिटर डिजेल र पुरानो पेट्रोल इन्जिन पनि उपलब्ध छ ।
कठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
किया इन्डियाले आफ्नो नयाँ ईभी६ लन्च गरेको छ । सो नयाँ इलेक्ट्रिक कार...
कियाले आफ्नो सब–कम्प्याक्ट एसयुभी सोनेटको विक्री ५ लाख युनिट नाघेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...