रिकिन्डसनमा खोजी हुन थाल्यो किया सेल्टोस, बिक्री गर्ने ग्राहक नभेटिंदा कारोबार न्यून

पछिल्लो समय चर्चामा रहन सफल किया सेल्टोसको रिकिन्डसन बजारमा समेत खोजी हुन थालेको छ । नेपाल भित्रिएको २ बर्ष अवधि पुरा गरेको यो एसयूभी ग्राहकको रोजाइमा पर्न थालेपछि सेकेन्ड ह्यान्ड समेत भनिने रिकिन्डसन बजरमा माग बढ्न थालेको हो । माग बढेपनि सेकेन्ड ह्यान्ड बजारमा बिक्री गर्ने ग्राहक नभएका कारण यसको कारोबार भने शून्य मात्रामा रहेको व्यवसायीहरुको भनाइ छ ।

रिकिन्डसन गाडीको कारोबार गर्ने संस्था नेपाल रिकन्डिसन अटो व्यवसायी संघका कार्यवाहक अध्यक्ष रमेश कोइरालाका अनुसार एसयूभी पारखीको रोजाइमा किया सेल्टोस पर्न थालेपछि सेकेन्ड ह्यान्ड बजारमा यसको माग बढ्दै गएको छ । नयाँ मोडल भएका कारण रिकिन्डसन बजारमा आउन अझै समय लाग्ने भएपनि ग्राहकले सेल्टोसको माग गर्न थालेको उनले बताए ।

‘रिकिन्डसन बजारमा माग बढ्नु भनेको उक्त सवारीको लोकप्रियता समेत बढ्नु भएका कारण एसयूभी सेग्मेन्टमा किया सेल्टोसको भविष्य राम्रो छ’ उनले भने, ‘हाल रिकन्डिसन बजारमा हुन्डाई क्रेटा, फोर्ड इकोस्पोर्ट, सुजुकी ब्रेजा र महिन्द्रा स्कर्पियोको कारोबार उच्च रहे पनि किया सेल्टोसको भने माग अनुसार उपलव्ध नहुँदा कारोबार शून्य मात्रामा रहेको छ ।’

कोरियाली कम्पनी हुन्डाई मोटर्स अन्तर्गतको कियाको बिगत लामो समयदेखि नेपाली बजारमा कारोबार हुँदै आइरहेको छ । भारतीय बजारमा उत्पादन शुरु भएपछि नेपाल भित्रिएको सेल्टोसले एसयूभी सेग्मेन्टमा आफ्नो बजार हिस्सा निरन्तर बढाउँदै लगेको छ ।

सोल्टोसले हाल हुन्डाई क्रेटालाई कडा टक्कर दिइरहेको छ । नेपाली बजारमा सेल्टोसको पेट्रोल र डिजेल इन्जिनमा गरी कुल ७ वटा मोडलको कारोबार हुँदै आइरहेको छ । बिक्री बढ्दै गएपछि आधिकारिक बिक्रेता कन्टिनेन्टल इन्टरप्राइजेजले सेल्स र सर्भिस नेटवर्क समेत बिस्तार गर्दै लगेको छ । हाल देशका १ दर्जन बढी स्थानमा कियाको सेल्स र सर्भिस नेटवर्क स्थापना भएका छन् । नेपाली बजारमा यसको मूल्य ४९ लाख ९० हजारदेखि ७६ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

निशुल्क अक्सिजन डेलिभरी सेवाको लागि उपाय सिटी कार्गो

निशुल्क अक्सिजन डेलिभरी सेवाको लागि उपाय सिटी कार्गो

कोभिड १९ को बढ्दै गएको सङ्क्रमणले आक्रान्त पारिरहेको बेलामा विरामीको...

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...

प्युजो ब्रान्डले पहिलो पटक ल्याउदै एड्भेन्चर स्कुटर

प्युजो ब्रान्डले पहिलो पटक ल्याउदै एड्भेन्चर स्कुटर

अन्य सेगमेन्टका सवारी साधन करिव १०० वर्ष देखि नै उत्पादन गरिरहे पनि स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...