सेल्टोस फेसलिफ्टको सुरुवाती मूल्य १० लाख ९० हजार भारु, यस्ता छन् फिचर

कियाले आज भारतमा आफ्नो लोकप्रिय एसयुभी सेल्टोसको फेसलिफ्ट लन्च गरेको छ । केहीदिन अघिबाट वुकिङ लिन थालिएको सो एसयूभीले पहिलो दिनमै १३ हजार ४२४ बुकिङ प्राप्त गरेर यो सेगमेन्टमा सबैभन्दा धेरै बुकिङ हुने गाडीको रेकर्ड कायम गरेको थियो ।

कम्पनीले नयाँ सेल्टोस ६ भेरिएन्ट र ८ कलर विकल्पमा लन्च गरेको हो । जसको सुरुवमती मूल्य १० लाख ९० हजार कायम गरिएको छ भने टप मोडलको २० लाख भारुसम्म पर्ने कम्पनीले जनाएको छ । सो एसयूभीलाई १.५ लिटर पेट्रोल एमटी, पेट्रोल सीभीटी, टर्वो पेट्रोल आइएमटी, टर्वो पेट्रोल डीसीटी, डिजेल आइएमटी र डीजेल एटी भेरिएन्टमा उपलब्ध गराइएको हो । यसमा एडीएएस जस्ता सेफ्टी फिचर थपसहित ३ वटा इन्जिनको विकल्प छ ।

नयाँ सेल्टोसमा इन्टेरियर र एक्सटेरियरको डिजाइनमा पनि परिवर्तन गरिएको छ । साथै कारको फ्रन्ट लुकमा पनि पूर्ण रूपमा परिवर्तन गरिएको छ । कारको अलोय ह्विल पनि परिवर्तन गरिएको छ । कारको इन्टेरियरको कलर थिम र अपहोल्स्ट्री पनि परिवर्तन गरिएको छ । यसमा १०।२५ इन्चको ड्युअल स्क्रिन, इन्फोटेनमेन्ट सिस्टम र पूर्ण डिजिटल डिस्प्ले जडान गरिएको छ । कारको एसी भेन्टको डिजाइन पनि परिवर्तन गरिएको छ ।

कारमा लेभल २ एडीएएस, प्यानोरामिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्युअल जोन क्लाइमेट कन्ट्रोल एसी, अटो होल्ड, ८वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, नयाँ स्टेयरिङ ह्विल, मुड एडजस्टिङ लाइट, एम्बियन्ट लाइट, एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस चार्जर, ट्रयाक्सन कन्ट्रोल, बोस साउन्ड सिस्टम, हेडअप डिस्प्ले, ६ एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर रहेको छ । नेपाली बजारमा पनि यो गाडी केही महिना भित्रै आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

कियाको ७ सिटर एमपिभी क्यारेन्स अन्तत नेपाल आउने भएको छ । भारतमा १ वर्षअघि...

स्मार्ट फिचर र ३ नयाँ भेरिएन्ट सहित नयाँ २०२५ ‘किया सेल्टोस’ लन्च, यस्तो छ मूल्य

स्मार्ट फिचर र ३ नयाँ भेरिएन्ट सहित नयाँ २०२५ ‘किया सेल्टोस’ लन्च, यस्तो छ मूल्य

किया इन्डियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको २०२५ अपडेटेड मोडल लन्च...

पहिले भन्दा बोल्ड र अफ रोड ओरिएन्टेडको साथमा सार्वजनिक भयो २०२३ किया स्पोर्टेज

पहिले भन्दा बोल्ड र अफ रोड ओरिएन्टेडको साथमा सार्वजनिक भयो २०२३ किया स्पोर्टेज

कार निर्माता कम्पनी कियाले अमेरिकी बजारको लागि न्यु जेनेरेसन २०२३ किया...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...