प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस
२०२२ किया सेल्टोस फेसलिफ्ट दक्षिण कोरियामा लन्च भएको छ । मिडिया रिपोर्टका...
कियाले आफ्नो फ्ल्यागसिप एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल सार्वजनिक गर्न गइरहेको छ । आगामी जुलाई ४ मा भारतमा सो कार सार्वजनिक गरिने छ । सन् २०१९ मा बजारमा उपलब्ध भए पश्चात यसमा धेरै परिवर्तन गर्न लागिएको छ ।
कम्पनीको यो एडीएएस फिचरसहित आउने पहिलो कार हुनेछ । कम्पनीले यसमा बडीलाइनदेखि फिचरसम्म परिवर्तन गरेको छ ।
नयाँ सेल्टोस जीटी लाइनमा आधारित हुनेछ । यसको फ्रन्ट पूर्णतया हुनेछ । कारको ग्रिल र बम्पर पनि परिवर्तन गरिएको छ । यसका साथै ड्युअल एक्जस्ट सेटअप पनि दिइएको छ । कारको पछाडि हाईमाउन्टेड स्टप ल्याम्प, एक्सटेन्डेट रुफ स्पोइलर, शार्क फिन एन्टेना, नयाँ रुफरेल्स र लाइटबारको साथ टेलल्याम्प समावेश छ ।
नयाँ सेल्टोसमा ड्युअल स्क्रिन सेटअप जडान छ । यसको इन्फोटेनमेन्ट सिस्टम अब पहिलेको भन्दा ठूलो हुनेछ । साथै डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, क्लाइमेट कन्ट्रोल एसी, क्रुज कन्ट्रोल, वायरलेस चार्जर, एम्बियन्स लाइटिङ, ३६० डिग्री क्यामेरा, प्यानोरामिक सनरुफ पनि उपलब्ध हुनेछ ।
नयाँ सेल्टोस २.० लिटरको अपडेटेड डिजेल इन्जिनको साथ लन्च हुने विश्वास गरिएको छ । साथै कम्पनीले नयाँ सेल्टोस १.५ लिटर टर्बाे पेट्रोल इन्जिनमा पनि ल्याउन सक्ने अनुमान गरिएको छ । कारको लन्चिङबारे अहिलेसम्म खुलासा नभए पनि सेल्टोस जुलाईमा लन्च हुने अनुमान गरिएको छ ।
२०२२ किया सेल्टोस फेसलिफ्ट दक्षिण कोरियामा लन्च भएको छ । मिडिया रिपोर्टका...
कोरियाली अटो निर्माता कियाले आफ्नो बर्न ईभी लाइनअपमा नयाँ एसयुभी थप गरेको...
कियाले आज भारतमा आफ्नो लोकप्रिय एसयुभी सेल्टोसको फेसलिफ्ट लन्च गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...