६०० किलोमिटर रेन्ज दिने कियाको नयाँ इलेक्ट्रिक एसयुभी सार्बजनिक, यस्ता छन् विशेषता
कोरियाली अटो निर्माता कियाले आफ्नो बर्न ईभी लाइनअपमा नयाँ एसयुभी थप गरेको...
कोरियन अटो निर्माता कियाले भारतमा कार उत्पादन थालेको ५ वर्ष पुरा हुँदै छ । कार निर्माताले ५९ महिनाभन्दा कम अवधिमा १० लाख यूनिट कार भारतमा बिक्री गरेर नयाँ माइलस्टोन हाँसिल गरको जनाएको छ । यससंगै किया इन्डिया सबैभन्दा ठिछो उक्त माइलस्टोनमा पुग्ने कार निर्माताका बनेको छ ।
सन् २०१९ मा किया सेल्टोसबाट उत्पादन थालेको कियाले हाल सोनेट र क्यारेन्स सहति तीनवटा मोडलका एसयूभी उत्पादन गर्दै आएको छ । यी तीन मोडलमा सबैभन्दा बढि सेल्टोसले ४८ प्रतिशत हिस्सा ओगटेको छ भने सोनेटको ३४ र क्यारेन्सको हिस्सा १६ प्रतिशत छ ।
यी तीन मोडलमा पनि टप ट्रिमको बिक्री सबैभन्दा बढी ४२ प्रतिशत रहेको कम्पनीले जनाएको छ । म्यानुअल, अटोमेटिक र आईएमटी गरी कुल तीनवटा ट्रान्समिसन विकल्पसहित कियाका कारहरु उपलब्ध छन् ।
जसमा अटोमेटिकले ३२ प्रतिशत, आईएमटीले १५ र म्यानुअलले ५३ प्रतिशत हिस्सा ओगट्ने कम्पनी भनाई छ । अटोमेटिकमा ट्रान्समिसनमा पनि आईभीटी, ६एटी र ७डिसिटी गरी तीनवटा विकल्प पाउन सकिन्छ । कम्पनीको पेट्रोल र डिजेल अनुपात हाल ५९ र ४१ प्रतिशत मा कायम छ ।
उत्पादनको पहिलो वर्षमा कियाले भारतमा ४५ हजार २२६ यूनिट कार बिक्री गरेको थियो । यसैगरी, २०२० मा १ लाख ४० हजार ५०५ यूनिट, २०२१ मा १ लाख ८१ हजार ५८३ यूनिट, २०२२ मा २ लाख ५४ हजार ५५६ यूनिट तथा २०२३ मा २ लाख ५५ हजार यूनिट कार बिक्री गरेको गर्न सफल भयो । कम्पनीले चालु वर्षको सात महिनामा १ लाख ५० हजार यूनिट किया कार बिक्री गरेको जनाएको छ ।
कियाले भारतमा उत्पादित जकारहरु एकसय भन्दा देशमा निर्यात गर्दै आएको छ । कार निर्माताले हालसम्म २ लाख ६० हजार भन्दा बढी कार निर्यात गरिसकेको छ ।
कियाका कार नेपाली बजारमा समेत लोकप्रिय मानिन्छन् । भारतमा उत्पादन भएका सेल्टोस, सोनेट र क्यारेन्स तीनवटै मोडल नेपाली बजारमा बिक्री हुँदै आएका छन् ।
कोरियाली अटो निर्माता कियाले आफ्नो बर्न ईभी लाइनअपमा नयाँ एसयुभी थप गरेको...
किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नयाँ...
कियाको ७ सिटर एमपिभी क्यारेन्स अन्तत नेपाल आउने भएको छ । भारतमा १ वर्षअघि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...