नेपाल सुपर लिगको उपाधि काठमाडाैं रेजर्सलाई
काठमाडौं- काठमाडौं रेजर्सले पहिलो नेपाल सुपर लिग-एनएसएल फुटबल...
किया पिकान्टो नयाँ भर्सनमा सार्वजनिक भएको छ । कोरियामा सार्वजनिक गरिएको पिकान्टोलाई त्यहाँ ‘मर्निङ’ नाम दिइएको छ ।
२०२४ मोडलका लागि सार्वजनिक गरिएको किया पिकान्टोको एक्सटेरियर र इन्टेरियरमा समेत अपडेट र अपग्रेड गरिएको छ भने ड्राइभर असिस्ट टेक्नोलोजी लगायत विभिन्न फिचर थप भएका छन् ।
किया पिकान्टो वाहिरबाट हेर्दा हालै कियाले सार्वजनिक गरेको इलेक्ट्रिक क्रसओभर ईभी९ बाट प्रेरित छ । यसको पुरै फ्रन्ट इन्ड र फेन्डरलाई अर्कै आकार दिएर भर्टिकल हेडलाइट सहित उपलब्ध गराइएको छ । फ्रन्ट बम्पर पनि स्मुथ र अझै स्ट्रिमलाइन गरिएको छ भने नयाँ लाइट एरेन्जमेन्ट प्रदान गरिएको छ । यो पहिले भन्दा निकै नै एग्रेसिभ लुकमा उपलब्ध छ ।
यसको ह्विल डिजाइन समेत परिवर्तन गरिएको छ । त्यसैगरी ब्याकमा अझै एङगुलर बम्पर र लाइट बार छ, जुन टेल लाइटलाई कनेक्ट गर्न टेलगेट सम्मै पुगेको छ ।
इन्टेरियरमा ड्यासबोर्ड डिजाइन पहिलेकै जस्तो छ । तर यसको सेन्टरमा नयाँ लेआउट छ । यसमा थप फङसन सहितको अलि अग्लो फ्लोटिङ टचस्क्रिन छ । सिट पनि नयाँ खालका छन् ।
यसमा एड्भान्स ड्राइभर असिस्ट सिस्टमका साथै नेभिगेसन सिस्टममा आधारित एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, साइक्लिस्ट तथा पेडेस्ट्रियन डिटेक्सन र हाई बिम असिस्ट जस्ता फिचर छन् । घाममा पार्क गरेको समयमा यसको क्याबिनलाई कुल डाउन गर्नका लागि रिमोट स्टार्ट सिस्टम समेत छ ।
नयाँ मोडलको किया पिकान्टोमा १.० लिटरको थ्री–सिलिन्डर इन्जिन छ, जसले ६८ एचपी पावर र ९५ एनएम टर्क जेनेरेट गर्छ । फोर स्पिड अटोमोटिक ट्रान्समिसन अप्सन रहेको किया पिकान्टो अन्य देशमा सार्वजनिक हुन भने समय लाग्ने छ ।
काठमाडौं- काठमाडौं रेजर्सले पहिलो नेपाल सुपर लिग-एनएसएल फुटबल...
कम्प्याक्ट एसयूभी किया सेल्टोस भारत तथा नेपालमा निकै रुचाइएको सवारी साधन...
किया मोटर्सले २०१९ मा सेल्टोसको साथमा भारतीय बजारमा पहिलो पटक प्रवेश...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...