कियाको बहुप्रतिक्षित एसयुभी साइरोस सार्बजनिक, यस्तो छ विशेषता
कियाले आफ्नो बहुप्रतिक्षित एसयुभी साइरोसलाई भारतमा सार्बजनिक गरेको छ । सो...
काठमाडौं – किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले भक्तपुरमा नयाँ शोरुम खोल्ने तयारी गरिरहेको छ । भक्तपुरको राधे राधे नजिकको एसएस चोकमा उक्त शोरुम खुल्ने अन्तिम तयारी अवस्थामा रहेको छ ।
कियाले आफ्नो ब्रान्ड लोगो सार्वजनिक गरे पश्चात उपत्यकामा पहिलो शोरुम खुल्न लागेको हो । कियाको ब्रान्ड गाइडलाइन अनुसारको उक्त शोरुम साउन महिना भित्रैमा सञ्चालनमा आउने शोरुम इन्चार्ज नवराज केसीले बताए । यहाँ सेल्स, सर्भिस र स्पेयर पार्ट्स गरी थ्रीएस सुविधा उपलब्ध हुनेछ । आगामी दशैं सम्ममा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
सञ्चालक केसीले भने, ‘अब भक्तपुरमा अवस्थित कियाका ग्राहकले सर्भिसिङ र स्पेयर पार्ट्सका लागि अन्य स्थानमा धाउनु पर्ने बाध्यताको अन्त्य हुनेछ । त्यसैगरी नयाँ किया गाडी किन्न चाहनेले पनि यही सबै सुविधा पाउनु हुनेछ ।’

हाल औपचारिक रुपमा शोरुम लन्च हुन बाँकी भए पनि इच्छुक व्यक्तिले शोरुममा गएर गाडीको वारेमा बुझ्न र अन्य जानकारी लिन सकिने व्यवस्था छ ।
हाल स्टकमा रहेका कियाका सेल्टोस र सोनेट बिक्रीका लागि उपलब्ध हुनेछ । किया सेल्टोस विभिन्न ७ भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ४९ लाख ५० हजार देखि ७८ लाख ९० हजार रुपैयाँ सम्म छ । त्यसैगरी किया सोनेट ३ भेरिएन्टमा उपलब्ध छ । यसको सबैभन्दा कम मूल्यको भेरिएन्ट एचटीईको मूल्य ३७ लाख ९० हजार रुपैयाँ छ भने त्यसपछि एचटीएक्सको मूल्य ५१ लाख ९० हजार र एचटीएक्स एटीको मूल्य ५४ लाख ९० हजार रुपैयाँ छ ।
कियाले आफ्नो बहुप्रतिक्षित एसयुभी साइरोसलाई भारतमा सार्बजनिक गरेको छ । सो...
भारतका दुई ठूला अटो उत्पादक किया र टोयोटाले अप्रिल १ देखी गाडीको मूल्य...
पछिल्लो समय चर्चामा रहन सफल किया सेल्टोसको रिकिन्डसन बजारमा समेत खोजी हुन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...