नेटाले थप्यो भी सिरिजमा २ नयाँ कस्टमाइज मोडल
चिनियाँ इलेक्ट्रिक कार निर्माता नेटाले भी सिरिजमा २ नयाँ कस्टमाइज मोडल थप...
नेपाली बजारमा कियाका गाडीहरु भारत र दक्षिण कोरियाबाट भित्रिने गरेका छन् । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाका सोनेट, सेल्टोस र क्यारेन्स भारतबाट आयात गर्छ भने कियाका स्पोर्टेज, ईभी६ र सोरेन्टो भने दक्षिण कोरियाबाट आयात गर्ने गरेको छ ।
सामान्यतः एक करोड रुपैयाँ भन्दा कम मूल्यका कियाका सवारी साधन भारतबाट आउछन् भने महंगो मूल्यका सवारी साधन दक्षिण कोरियाबाट भित्रिने गरेका छन् ।
नेपालमा किया सोनेट विभिन्न चार भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य ३९ लाख ९० हजार देखि ५९ लाख ९० हजार रुपैयाँ सम्म छ । त्यसैगरी किया सेल्टोस ४८ लाख ९० हजार देखि ८२ लाख ९० हजार रुपैयाँ सम्म छ ।

किया क्यारेन्स एक भेरिएन्टमा मात्र उपलब्ध छ र यसको मूल्य ५२ लाख ९० हजार रुपैयाँ छ ।
किया स्पोर्टेज एक्स–लाइन नेपाली बजारमा उपलब्ध छ र यसको मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ छ । कियाको नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार ईभी६ को मूल्य पनि १ करोड २५ लाख ९० हजार रुपैयाँ नै छ ।
नेपाली बजारमा उपलब्ध कियाको सबैभन्दा महंगो गाडी किया सोरेन्टो हो । यसको मूल्य १ करोड ८९ लाख ९० हजार रुपैयाँ छ ।
चिनियाँ इलेक्ट्रिक कार निर्माता नेटाले भी सिरिजमा २ नयाँ कस्टमाइज मोडल थप...
महिन्द्राको थार गाडीको ठूलो क्रेज छ । महिन्द्राले अब थारको इलेक्ट्रिक...
काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड इभोक मोटरसाइकलको प्रिमियम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...