बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
कम्प्याक्ट एसयूभी र प्रिमियम एसयूभी सेगमेन्टमा सेल्टोस, कार्निभल, हेक्टर र ग्लोस्टर जस्ता कारले भारतमा तहल्का मच्चाएपछि किया मोटर्स र एमजी मोटर्सले एमपीभी सेगमेन्टमा तहल्का मच्चाउने तयारी गरेका छन् ।
किया मोटर्स र ब्रिटिश कम्पनी एमजी मोटर्स भारतमा प्रवेश गरेको १ वर्ष पनि भएको छैन । हाल सम्म भारतमा एमजीले हेक्टर एसयूभी र कियाले सेल्टोस बिक्रीको नयाँ रेकर्ड बनाएको छ । त्यसपछि यी कम्पनीले अन्य कार पनि लन्च गरिसकेको छ । अब यी कम्पनी एमपीभी सेगमेन्टमा अन्य विकल्पको रुपमा प्रवेश गर्दैछन् ।
रिपोर्टका अनुसार कियाको एमपीभी सेल्टोसको बी–एसयूभी प्लेटफर्ममा आधारित हुनेछ । यसमा अल ह्वील ड्राइभ र इलेक्ट्रिक पावरट्रेन जस्ता सिस्टम समावेश गरिनेछ । कियाका अनुसार सो एसपीभीको क्याबिन ठूलो र कम मूल्यमा लन्च हुनेछ । रिपोर्ट अनुसार कियाको आउने नयाँ कार अर्काे वर्ष लन्च हुनेछ र यो भारतको आन्ध्र प्रदेश स्थित अनन्तपुर प्लान्टमा निर्माण हुनेछ ।
ब्रिटिश कार कम्पनी मोरिस ग्यारेजको भारतमा लन्च हुने एमपीभीको नाम एमजी ३६०एम रहेको छ । सो कार यो वर्ष अटो एक्सपोमा कम्पनीले प्रदर्शित गरेको थियो । सो कारको लन्चिङको आधिकारिक घोषणा कम्पनीले गरेको थिएन । अनुमानित रिपोर्ट अनुसार सो कार चीनमा बिक्री भइरहेको बाओजुङ ३६० एमपीभीको नयाँ भर्सन रहेको छ ।
एमजी ३६०एममा १.५ लिटरको टर्बाे पेट्रोल इन्जिन समावेश गरेको छ । जसले १०३ पीएसको पावर र १३५ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले सो कारको अन्य भेरिएन्टमा पनि लन्च गर्ने सम्भावना रहेको छ । सो कारको लन्च अर्काे वर्ष हुनेछ । सो कारको मूल्य मारुती सुजुकी अर्टिगा समान हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...