३० वर्षमा कियाले अमेरिकामा बिक्री गर्यो १ करोड युनिट कार, इभी६ ले वनायो अन्तिम युनिटको रेकर्ड
कोरियन अटो निर्माता कियाले अमेरिका छिरेको ३० वर्षमा १ करोड युनिट कार...
किया मोटर्सले कोरियन बजारमा किया के८ लन्च गरेको छ । नयाँ किया के८ मा पहिलो पटक कम्पनीको नयाँ ब्रान्ड लोगो प्रयोग गरिएको छ ।
नयाँ के८ सेडानको इन्जिन ३ विकल्पको साथमा प्रस्तुत गरिएको छ । यसमा २.५ लिटर, ३.५ लिटर पेट्रोल र लिक्विफाइड पेट्रोलियम इन्जेक्सनको साथमा ३.५ लिटर पेट्रोल इन्जिन समावेश रहेको छ । कम्पनीले १.६ लिटर टर्बाे हाइब्रिड पेट्रोल इन्जिन मोडल पनि अर्काे महिना लन्च गर्ने जानकारी दिएको छ ।
सो ५ मिटर लामो सेडान कारमा कैयौ डिजाइन अपडेट गरिएको छ । के८ मोडर्न इनोभेटिभ सेडान कार दमदार परफर्मेन्सको साथै आकर्षक डिजाइन रहेको छ । यसको फ्रन्टमा नयाँ सिग्नेचर फ्रेमलेस टाइगर नोज ग्रिल उपलब्ध रहेको छ । यसको ठिक माथि कम्पनीको नयाँ लोगो रहेको छ । नयाँ लोगोले आत्मविश्वास र ग्राहकप्रति प्रतिबद्धता जनाउने कम्पनीले जानकारी दिएको छ ।
सो कारको फ्रन्ट ल्याम्पमा एक टर्न सिग्नल समावेश गरिएको छ । कारको लम्बाई ५०१५ एमएम र साइड प्रोफाइल स्पोर्टी देखिन्छ । यसको डिजाइन डुङगाबाट प्रभावित रहेको छ । कारको रियरमा बुमरेंग आकारको एलईडी टेल लाइट समावेश गरिएको छ । के८को इन्टेरियरमा दुई १२ इन्चको स्क्रिन रहेको छ । यसको इन्टेरियरको डिजाइन क्लासिक, लक्जरी र नयाँ टेक्नोलोजीसँग मिल्दो जुल्दो रहेको छ ।
कम्पनीका अनुसार यो वर्ष किया के८ ८० हजार युनिट बिक्री गर्ने लक्ष्य रहेको छ । जसमा ३० प्रतिशत लक्ष्य बुकिङमा नै हासिल गरिसकेको छ ।
के८ मा सेफ्टीको लागि एड्भान्स सेफ्टी फिचर समावेश गरिएको छ । यसमा हाईवे ड्राइभिङ असिस्टेन्स, फरवार्ड कोलिजन प्रिभेन्सन, नेभिगेसन आधारित इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट कोलिजन प्रिभेन्सन र प्रिभेन्सन सिस्टम जस्ता फिचर रहेका छन् । कम्पनीका अनुसार सो कारको मोडर्न डिजाइन र प्रिमियम क्वालिटीमा विशेष ध्यान दिइएको छ । सो कार के७ पछि पेश गरिएको हो । के७ मोडल अन्तराष्ट्रिय बजारमा काडेन्जाको नामले बिक्री गरिन्छ ।
यो कार नेपाली बजारमा आउने वा नआउने अहिले नै भन्न सकिदैन । यद्यपि कियाले यो कार विदेशी बजारमा समेत लन्च गर्ने तयारी भएको बताएको छ ।
कोरियन अटो निर्माता कियाले अमेरिका छिरेको ३० वर्षमा १ करोड युनिट कार...
सन् २०२१ मा किया मोटर्सले २७ लाख ७७ हजार ५६ युनिट कार बिक्री गरेको छ । सन्...
काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...