किया २.० अन्तर्गत पहिलो गाडी साइरोस ल्याउने तयारीमा किया

किया मोटर्सले गत महिना दुई प्रिमियम कार किया कार्निभल लिमोजिन र किया ईभी९ भारतीय बजारमा ल्याएको थियो र यस अवसरमा कम्पनीले आफ्नो नयाँ एसयूभीको बारेमा पनि जानकारी दिएको थियो । कियाले आफ्नो किया २.० एसयूभी अन्तर्गत आगामी समयमा नयाँ एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ ।

किया इन्डियाले नोभेम्बर ११ मा किया २.० एसयूभी लाइनअपको पहिलो एसयूभी साइरोस चाँडै ल्‍याउने घोषणा गरेको छ । सो एसयूभीमा बोल्ड डिजाइन र एड्भान्स टेक्नोलोजीको साथमा उत्कृष्ट सेफ्टी फिचर र परफर्मेन्स हुनेछ । कियाले साइरोसको टिजर भिडियो पनि जारी गरेको छ ।

किया मोटर्सले अर्को वर्ष हुने मोबिलिटी एक्सपोमा किया साइरोस प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको छ । यद्यपि कम्पनीले यस सम्बन्धमा कुनै ठोस जानकारी दिएको छैन ।

हाल कियाले भारतीय बजारमा सब-४ मिटर कम्प्याक्ट एसयूभी सोनेट मार्फत बिक्री बढाइरहेको छ । साथै सेल्टोस र क्यारेन्सले पनि आफ्नो क्षेत्रमा राम्रो काम गरिरहेको छ । यसैबिच हालै लन्च गरिएको कार्निभल लिमोजिनले पनि राम्रै बुकिङ पाएको छ । कियाले यसको ईभी९ को साथ प्रिमियम इलेक्ट्रिक एसयूभी सेगमेन्टमा पनि राम्रो गरिरहेको छ । कियाले अब साइरोस मार्फत एसयूभी प्रेमीलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने तयारी गरिरहेको छ।

सम्बन्धित समाचारहरू

२ बर्षपछि फेरी भित्रियो सेल्टोसको एचटिके भेरिएन्ट, मूल्य ४८ लाख ९० हजार

२ बर्षपछि फेरी भित्रियो सेल्टोसको एचटिके भेरिएन्ट, मूल्य ४८ लाख ९० हजार

किया सेल्टोसको एचटिके भेरियन्ट २ बर्षपछि पुन नेपाली बजारमा भित्रिएको छ ।...

निशुल्क अक्सिजन डेलिभरी सेवाको लागि उपाय सिटी कार्गो

निशुल्क अक्सिजन डेलिभरी सेवाको लागि उपाय सिटी कार्गो

कोभिड १९ को बढ्दै गएको सङ्क्रमणले आक्रान्त पारिरहेको बेलामा विरामीको...

किया ईभी६ बन्यो युरोपको ‘कार अफ द इयर २०२२’, नेपाल आउने तयारीमा

किया ईभी६ बन्यो युरोपको ‘कार अफ द इयर २०२२’, नेपाल आउने तयारीमा

कियाले हालै अन्तर्राष्ट्रिय बजारमा लन्च गरेको इलेक्ट्रिक कार ईभी६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...