सेल्टोस र सोनेटको सफलताबाट उत्साहित कियाले भारतमा थप ४ वटा नयाँ मोडल थप्ने

भारतमा प्लान्ट स्थापना गरेर सवारीसाधन उत्पादन थालेको कोरियाली ब्रान्ड कियाले छोटो समय अबधीमै सोचेभन्दा राम्रो सफलता हात पार्दै लगेको छ । सन् २०१९ मा मिड साइज एसयुभी सेल्टोसमार्फत भारतीय बजारमा उपस्थिती जनाउन थालेको कियाले लगत्तै सब फोर मिटर एसयुभी सोनेट र एमपिभी सेग्मेन्टको कार्निभल लन्च गर्यो । भारतीय बजारमा अहिले यी ३ वटै मोडलले उत्साहप्रद कारोबार गरिरहेको छ भने नेपालमा समेत सेल्टोस र सोनेट निकै लोकप्रिय बनिरहेका छन् ।

उत्पादन थालेको पहिलो चरणका सबै मोडलले सफलता हात पारेर उत्साहित बनेको कियाले अबको २ बर्षभित्र थप ४ वटा मोडललाई बजारमा उतार्ने उद्घोष गरेको छ । उसले इन्ट्रि लेबलको एमपिभी सहित थप ३ वटा मोडलका इलेक्ट्रिक कारलाई भारतमा सार्बजनिक गर्न लागेको होे । जसमध्ये एमपिभीको कोड नेम केवाई राखिएको छ भने इलेक्ट्रिक कारहरु इभी६, निरो र अर्को बिल्कुलै नयाँ मोडलको कार हुने बताइएको छ ।

कियाले केवाईलाई सेल्टोसको प्लेटफर्मममा उत्पादन थालिसकेको छ । यो कार आगामी बर्षको सुरुवातमै सार्बजनिक भैसक्ने उसले जनाएको छ । १.५ लिटर पेट्रोल र १.५ लिटरकै टर्बो डिजेल अप्सनमा उपलब्ध हुने यो एमपिभी म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ ।
त्यसैगरी अन्तराष्ट्रिय बजारमा अघिल्लो बर्षमात्र सार्बजनिक गरिएको नयाँ इलेक्ट्रिक कार इभी६ र चर्चित इभी निरोलाई समेत सार्बजनिक गर्ने कियाले तयारी थालेको छ । यी कार अन्तराष्ट्रिय बजारबाट आयत गरी ल्यााइनेछ । त्यसैगरी कम मूल्यको अर्को ब्रान्ड न्यू इलेक्ट्रिक कारलाई भने भारतमै उत्पादन थाल्ने किया मोटर्सले जनाएको छ ।

भारतीय बजारमा सार्बजनिक भएको केही समयपछि यसको केवाई एमपिभी नेपाल भित्रिन सक्नेछ भने किया निरो २ बर्षअघि देखिनै नेपालमा कारोबार भैरहेको छ । त्यसैगरी इभी६ लाई समेत जतिसक्दो चाँडो नेपाल भित्राउन आफूहरु आतुर रहेको आधिकारिक बितरक कन्टिनेन्टल इन्टरप्राइजेज स्रोतले जनाएको छ । संभबत इभी६ समेत भरातमा भन्दा पहिले नेपाल आउन सक्ने देखिएको छ ।

सम्बन्धित समाचारहरू

किया मनसुन सर्भिस क्याम्पको आज अन्तिम दिन, यस्ता छन् छुट र सुविधा

किया मनसुन सर्भिस क्याम्पको आज अन्तिम दिन, यस्ता छन् छुट र सुविधा

काठमाडौं– किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले आयोजना गरेको...

कियाले ५ वर्षमै भारतमा बिक्री गर्यो १० लाख यूनिट कार

कियाले ५ वर्षमै भारतमा बिक्री गर्यो १० लाख यूनिट कार

कोरियन अटो निर्माता कियाले भारतमा कार उत्पादन थालेको ५ वर्ष पुरा हुँदै छ ।...

भारतमा कियामाथि १५ करोड ५० लाख डलर कर छलेको आरोप

भारतमा कियामाथि १५ करोड ५० लाख डलर कर छलेको आरोप

भारत सरकारले किया मोटर्समाथि १५० मिलियन डलरको आयात कर छल्न कम्पोनेन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...