कियाको पहिलो पिकअप ट्रक ‘टास्मान’ सार्वजनिक, टोयोटा हाइलक्ससँग प्रतिस्पर्धा हुने
दक्षिण कोरियाली अटोमेकर कियाले आफ्नो पहिलो पिकअप ट्रक ‘टास्मान’...
भारतमा प्लान्ट स्थापना गरेर सवारीसाधन उत्पादन थालेको कोरियाली ब्रान्ड कियाले छोटो समय अबधीमै सोचेभन्दा राम्रो सफलता हात पार्दै लगेको छ । सन् २०१९ मा मिड साइज एसयुभी सेल्टोसमार्फत भारतीय बजारमा उपस्थिती जनाउन थालेको कियाले लगत्तै सब फोर मिटर एसयुभी सोनेट र एमपिभी सेग्मेन्टको कार्निभल लन्च गर्यो । भारतीय बजारमा अहिले यी ३ वटै मोडलले उत्साहप्रद कारोबार गरिरहेको छ भने नेपालमा समेत सेल्टोस र सोनेट निकै लोकप्रिय बनिरहेका छन् ।
उत्पादन थालेको पहिलो चरणका सबै मोडलले सफलता हात पारेर उत्साहित बनेको कियाले अबको २ बर्षभित्र थप ४ वटा मोडललाई बजारमा उतार्ने उद्घोष गरेको छ । उसले इन्ट्रि लेबलको एमपिभी सहित थप ३ वटा मोडलका इलेक्ट्रिक कारलाई भारतमा सार्बजनिक गर्न लागेको होे । जसमध्ये एमपिभीको कोड नेम केवाई राखिएको छ भने इलेक्ट्रिक कारहरु इभी६, निरो र अर्को बिल्कुलै नयाँ मोडलको कार हुने बताइएको छ ।
कियाले केवाईलाई सेल्टोसको प्लेटफर्मममा उत्पादन थालिसकेको छ । यो कार आगामी बर्षको सुरुवातमै सार्बजनिक भैसक्ने उसले जनाएको छ । १.५ लिटर पेट्रोल र १.५ लिटरकै टर्बो डिजेल अप्सनमा उपलब्ध हुने यो एमपिभी म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ ।
त्यसैगरी अन्तराष्ट्रिय बजारमा अघिल्लो बर्षमात्र सार्बजनिक गरिएको नयाँ इलेक्ट्रिक कार इभी६ र चर्चित इभी निरोलाई समेत सार्बजनिक गर्ने कियाले तयारी थालेको छ । यी कार अन्तराष्ट्रिय बजारबाट आयत गरी ल्यााइनेछ । त्यसैगरी कम मूल्यको अर्को ब्रान्ड न्यू इलेक्ट्रिक कारलाई भने भारतमै उत्पादन थाल्ने किया मोटर्सले जनाएको छ ।
भारतीय बजारमा सार्बजनिक भएको केही समयपछि यसको केवाई एमपिभी नेपाल भित्रिन सक्नेछ भने किया निरो २ बर्षअघि देखिनै नेपालमा कारोबार भैरहेको छ । त्यसैगरी इभी६ लाई समेत जतिसक्दो चाँडो नेपाल भित्राउन आफूहरु आतुर रहेको आधिकारिक बितरक कन्टिनेन्टल इन्टरप्राइजेज स्रोतले जनाएको छ । संभबत इभी६ समेत भरातमा भन्दा पहिले नेपाल आउन सक्ने देखिएको छ ।
दक्षिण कोरियाली अटोमेकर कियाले आफ्नो पहिलो पिकअप ट्रक ‘टास्मान’...
भारतमा किया मोटर्सले सोल नाममा नयाँ नाम दर्ता गरेको छ । किया सोल...
कोभिड १९ को बढ्दै गएको सङ्क्रमणले आक्रान्त पारिरहेको बेलामा विरामीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...