महंगो भयो किया क्यारेन्स, यस्तो छ नेपाल आउने तयारीमा रहेको एमपिभी

भारतीय बजारमा २ महिना अघि लन्च भएको किया क्यारेन्स ७० हजार भारुसम्मले महंगो भएको छ । यससंगै यो ७ सिटर एमपिभी अब नेपाल आउँदा यसअघिको मूल्यमा ३ लाख ५० हजार रुपैयाँसम्म महंगो पर्ने देखिएको छ । क्यारेन्सलाई अवको केहीसमयपछि नेपाल भित्राउने आधिकारिक बितरक कन्टिनेन्टल ट्रेडिङले बताएको थियो ।

भारतमै माग उच्च रहेका कारण नेपाल आउने मिती टुंगो लाग्न नसकेको यसको बुकिङ हालसम्म ५० हजार नाघेको जनाइएको छ । हालको बुकिङलाई आधार मान्दा यो एमपिभीलाई हात पार्न ग्राहकले भारतमा कम्तिमा पनि ४ महिनादेखी १ बर्षसम्म कुर्नुपर्ने देखिन्छ ।

किया क्यारेन्स प्रिमियम, प्रेस्टिज, प्रेस्टिज प्लस, लक्जरी र लक्जरी प्लस गरी कुल ५ भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । यो एमपिभीमा कम्पनीले १.५ लिटर पेट्रोल र डिजेल तथा १.४ लिटरमा टर्बो पेट्रोल इन्जिन जडान गरेको छ । जसमध्ये १.५ लिटर नेचुरल्ली एस्पिरिटेड पेट्रोल इन्जिनको पावर ११५ एचपी र टर्क १४४ एनएम रहेको छ भने डिजेल इन्जिनको पावर ११५ एचपी र टर्क २५० एनएम रहेको छ । १.४ टर्बो पेट्रोलको भने अधिकतम पावर १४० एचपी र टर्क २४२ एनएम रहेको छ ।

ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको यसको यसको तल्लो भेरिएन्टमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । यसको इन्स्ट्रयुमेन्ट क्लस्टर पूर्णतया डिजिटल रहेको छ र यसको स्टेयरिङ ह्विल सेल्टोसको जस्तै रहेको छ । यसमा नयाँ जेनेरेसन किया कनेक्टको साथ ६६ कनेक्टेड कार फिचर, बोस साउन्ड सिस्टम, ८ स्पिकरसहित ६४ रङको एम्बियन्ट लाइटिङ समावेश गरिएको छ ।

यो नयाँ एमपिभीमा स्मार्ट एयर प्युरिफायर, भेन्टिलेटेड फ्रन्ट सिट, मल्टि ड्राइभ मोड, सनरुफ, प्याडल सिफ्टर, वायरलेस चार्जर, कुलिङ कप होल्डर, ६ वटा एयरब्याग, ईएससी, वीएसएम, एचएसी, डीबीसी, बीएएस, अल–ह्विल डिस्क ब्रेक, हाईलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ सेन्सर जस्ता फिचर समावेश गरिएको छ । भारतीय बजारमा यसको सुरुवाती मूल्य ९ देखी १७ लाख रुपैयाँसम्म निर्धारण गरिएको थियो ।

सम्बन्धित समाचारहरू

भोलीदेखी किया र टोयोटाका गाडी महंगो हुने, नेपाली बजारमा समेत प्रभाब पर्ने

भोलीदेखी किया र टोयोटाका गाडी महंगो हुने, नेपाली बजारमा समेत प्रभाब पर्ने

भारतका दुई ठूला अटो उत्पादक किया र टोयोटाले अप्रिल १ देखी गाडीको मूल्य...

तीन वर्षमा कियाले भारतबाट निर्यात गर्यो १ लाख ५० हजार कार, ७२ प्रतिशत हिस्सा सेल्टोसको

तीन वर्षमा कियाले भारतबाट निर्यात गर्यो १ लाख ५० हजार कार, ७२ प्रतिशत हिस्सा सेल्टोसको

कोरियन अटो निर्माता कियाले तीन वर्षमा भारतबाट १ लाख ५० हजार बढी कार निर्यात...

नेपाल सुपर लिगको उपाधि काठमाडाैं रेजर्सलाई

नेपाल सुपर लिगको उपाधि काठमाडाैं रेजर्सलाई

काठमाडौं- काठमाडौं रेजर्सले पहिलो नेपाल सुपर लिग-एनएसएल फुटबल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...