किया ईभी९ इलेक्ट्रिक एसयूभी भारतमा लन्च, फुल चार्जमा ५४१ किमी रेन्ज दिने
किया मोटर्सले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी९ भारतमा लन्च गरेको छ...
भारतीय बजारमा २ महिना अघि लन्च भएको किया क्यारेन्स ७० हजार भारुसम्मले महंगो भएको छ । यससंगै यो ७ सिटर एमपिभी अब नेपाल आउँदा यसअघिको मूल्यमा ३ लाख ५० हजार रुपैयाँसम्म महंगो पर्ने देखिएको छ । क्यारेन्सलाई अवको केहीसमयपछि नेपाल भित्राउने आधिकारिक बितरक कन्टिनेन्टल ट्रेडिङले बताएको थियो ।
भारतमै माग उच्च रहेका कारण नेपाल आउने मिती टुंगो लाग्न नसकेको यसको बुकिङ हालसम्म ५० हजार नाघेको जनाइएको छ । हालको बुकिङलाई आधार मान्दा यो एमपिभीलाई हात पार्न ग्राहकले भारतमा कम्तिमा पनि ४ महिनादेखी १ बर्षसम्म कुर्नुपर्ने देखिन्छ ।
किया क्यारेन्स प्रिमियम, प्रेस्टिज, प्रेस्टिज प्लस, लक्जरी र लक्जरी प्लस गरी कुल ५ भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । यो एमपिभीमा कम्पनीले १.५ लिटर पेट्रोल र डिजेल तथा १.४ लिटरमा टर्बो पेट्रोल इन्जिन जडान गरेको छ । जसमध्ये १.५ लिटर नेचुरल्ली एस्पिरिटेड पेट्रोल इन्जिनको पावर ११५ एचपी र टर्क १४४ एनएम रहेको छ भने डिजेल इन्जिनको पावर ११५ एचपी र टर्क २५० एनएम रहेको छ । १.४ टर्बो पेट्रोलको भने अधिकतम पावर १४० एचपी र टर्क २४२ एनएम रहेको छ ।
ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको यसको यसको तल्लो भेरिएन्टमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । यसको इन्स्ट्रयुमेन्ट क्लस्टर पूर्णतया डिजिटल रहेको छ र यसको स्टेयरिङ ह्विल सेल्टोसको जस्तै रहेको छ । यसमा नयाँ जेनेरेसन किया कनेक्टको साथ ६६ कनेक्टेड कार फिचर, बोस साउन्ड सिस्टम, ८ स्पिकरसहित ६४ रङको एम्बियन्ट लाइटिङ समावेश गरिएको छ ।
यो नयाँ एमपिभीमा स्मार्ट एयर प्युरिफायर, भेन्टिलेटेड फ्रन्ट सिट, मल्टि ड्राइभ मोड, सनरुफ, प्याडल सिफ्टर, वायरलेस चार्जर, कुलिङ कप होल्डर, ६ वटा एयरब्याग, ईएससी, वीएसएम, एचएसी, डीबीसी, बीएएस, अल–ह्विल डिस्क ब्रेक, हाईलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ सेन्सर जस्ता फिचर समावेश गरिएको छ । भारतीय बजारमा यसको सुरुवाती मूल्य ९ देखी १७ लाख रुपैयाँसम्म निर्धारण गरिएको थियो ।
किया मोटर्सले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी९ भारतमा लन्च गरेको छ...
भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा कोरियन अटो निर्माता कियाले...
भारत सरकारले किया मोटर्समाथि १५० मिलियन डलरको आयात कर छल्न कम्पोनेन्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...