किया एक्सचेन्ज कार्निभलको आज अन्तिम दिन, यस्तो छ स्किम

काठमाडौं–पुराना गाडीसंग कियाको ब्रान्ड न्यू ईभी तथा पेट्रोलबाट चन्ले एसयूभी एक्स्चेन्ज गर्न सकिने किया एक्सचेन्ज कानिर्भल आज सम्पन्न हुँदै छ । शुक्रबारदेखी काठमाडौँको गैरिधारास्थित सिल्भर ओक ब्याङ्क्वेटमा एक्सचेन्ज कार्निभल सञ्चालन हुँदै आएको छ ।

कार्निभलले सवारी साधनका पारखीलाई कियाका नयाँ विद्युतीय तथा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने अवसर प्रदान गरेको कम्पनीको भनाई छ । नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले यो कार्यक्रम आयोजना गरेको हो ।

कार्निभलको अवसरमा जुनसुकै ब्रान्डका पुराना गाडी आकर्षक मूल्यमा बिक्री गरी कियाका नयाँ गाडी लिन सकिने कम्पनीले जनाएको छ । कार्निभलमा कियाका गाडीहरूको टेस्ट ड्राइभमा सहभागी हुनेहरूलाई कम्पनीले विशेष उपहारको व्यवस्था पनि गरेको छ । कार्निभलमा एक्स्चेन्ज बोनसबापत ६ लाख रुपैयाँसम्म र नगद भुक्तानी गरेर गाडी किन्दा ६ लाख रुपैयाँसम्म छुट पाइनेछ ।

त्यसैगरी गाडी खरिदकर्तालाई सहज तरिकाले बैँक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको उल्लेख छ । गाडीमा एक वर्षसम्मको सडक कर र एक वर्षको पूर्ण बीमा कम्पनी आफैँले बेहोर्ने नीति लिएको छ । कार्निभलमा ग्राहकले एक्स्चेन्ज गर्ने सवारी साधनको आकर्षक मूल्याङ्कन पाउने र एक्स्चेन्ज बोनसको समेत लाभ उठाउन सकिनेछ ।

कार्निभलमा सोनेट र सेल्टोसका ४–४ भेरियन्ट, कारेन्सको ग्राभिटी एडिसन (२०२५), तथा ईभी६ र ईभी९ शोकेस गरिएको छ ।

सम्बन्धित समाचारहरू

किया ईभी६ बन्यो युरोपको ‘कार अफ द इयर २०२२’, नेपाल आउने तयारीमा

किया ईभी६ बन्यो युरोपको ‘कार अफ द इयर २०२२’, नेपाल आउने तयारीमा

कियाले हालै अन्तर्राष्ट्रिय बजारमा लन्च गरेको इलेक्ट्रिक कार ईभी६...

हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने

हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने

कियाको लोकप्रिय एसयूभी सेल्टोस र क्यारेन्स छिट्टै विएस६ फेज टु इन्जिनका...

नयाँ लोगो र फिचर सहित लन्च हुने भयो किया सेल्टोस र सोनेट

नयाँ लोगो र फिचर सहित लन्च हुने भयो किया सेल्टोस र सोनेट

दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाले जनवरीमा नयाँ ब्रान्ड लोगो सहित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...