किया ईभी९ को बिक्री सुरु हूँदै, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं– कियाको फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी९ भन्सार विन्दुमा आइपुगेको छ । भन्सार जाँचपास भएर सोरुममा आइसकेपछि यसको बिक्री सुरु हुने आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार पहिलो चरणमा १० वटा इभी९ नेपाल आएको हो । जसको मूल्य १ करोड ८० लाख हाराहारी तय हुने अनुमान गरिएको छ ।

हुन्डाई समुहको ई–जीएमपी प्लेटफर्मममा बनेको उक्त एसयुभी निकै नै मस्कुलर र स्पोर्टी रहेको छ । सो नयाँ एसयूभीको लम्बाई ५०१० एमएम, चौडाई १९८० र उचाई १७५५ एमएम छ भने ह्विलवेश ३१०० एमएम छ । इन्नोभेटिभ डिजाइन र हाईटेक इन्टेरियरमा सजिएको सो एसयुभीलाई फयुचरिष्टिक देखाउन डिजिटल टाइगर फेस सिग्नीचर, डिजिटल प्याट्रन लाइटिङ ग्रील र भर्टिकल हेडल्याम्प जस्ता एक्सटेरियर फिचर दिइएको छ ।

ईभी९ अन्तराष्ट्रिय बजारमा मा ९९.८ किलोवाट आवर र ७६.१ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध रहँदै आएकोमा कुन साइजको ब्याट्री प्याक जडित मोडल नेपाल आएको हो भन्ने विषयमा स्पष्ट जानकारी आइसकेको छैन । रियर ह्विल र अल ह्विल दुबै ड्राइभ सिस्टमा उपलब्ध यसको रियर ह्विल ड्राइभ मोडल नेपाल आएको हो । यो नयाँ कारको रेन्ज ५४१ किलोमिटर दावी गरिएको छ ।

फराकिले पानारोमिक डिस्प्ले दिइएको यो एसयूभीमा १२.३ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले र सोही साइजकै अर्को इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्ले तथा ५ इन्चको सेग्मेन्ट डिस्प्ले राखिएको छ । कारमा हिडन टाइप टच बटन, स्टार्ट स्टप फंक्सन, १० वटा एयर ब्याग र एडास अन्तर्गत थुप्रै सेफ्टि फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

शोरुममा उपलब्ध छैन होन्डा सिआरभी र किया कार्निभल, सेकेन्ड ह्यान्ड किन्नेलाई यस्तो छ बिकल्प

शोरुममा उपलब्ध छैन होन्डा सिआरभी र किया कार्निभल, सेकेन्ड ह्यान्ड किन्नेलाई यस्तो छ बिकल्प

होन्डाको निकै नै रुचाइएको एसयुभी सिआरभी र कियाको एमपीभी कार्निभल अहिले...

ग्राहक झुक्याउदै छ कियाको नयाँ लोगो : प्रत्येक महिना ३० हजारले केएन कार भनेर गर्छन् गुगल सर्च

ग्राहक झुक्याउदै छ कियाको नयाँ लोगो : प्रत्येक महिना ३० हजारले केएन कार भनेर गर्छन् गुगल सर्च

कियाले सन् २०२१ मा रेकर्ड ब्रेकिङ पाइरोटेक्निक डिस्प्ले सहितको नयाँ लोगो...

कियाको नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभी ४९० किलोमिटरको रेन्जसहित लन्च हुँदै

कियाको नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभी ४९० किलोमिटरको रेन्जसहित लन्च हुँदै

किया इन्डियाले आफ्ना नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...