किया ईभी९ इलेक्ट्रिक एसयूभी भारतमा लन्च, फुल चार्जमा ५४१ किमी रेन्ज दिने

किया मोटर्सले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी९ भारतमा लन्च गरेको छ । सो कारले फुल चार्जमा ५४१ किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ । कारमा हाइवे ड्राइभिङ पाइलट सिस्टम जस्ता उच्च स्तरका फिचर समावेश छ ।

सो कार कियाको भारतमा अहिलेसम्मको सबैभन्दा महँगो इलेक्ट्रिक कार हो, जसको मूल्य १ करोड ३० लाख राखिएको छ । कारको लम्बाई ५०१५ एमएम, चौडाई १९८० एमएम, उचाई १७८० एमएम र ह्विलवेस ३१०० एमएम छ ।

सो एसयूभीमा पर्मानेन्ट मेग्रेट सिक्रोनस ड्युअल मोटर इन्जिन जडान गरिएको छ, जसले ३८४ एचपीको पावर र ७०० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ९९.८ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ । सो कारले ० देखि १०० किलोमिटर प्रति घण्टाको स्पिडमा गुड्न ५.३ सेकेन्ड लाग्छ । यसको ब्याट्री डीसी चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज गर्न २० मिनेट लाग्छ ।

यसमा सेफ्टीका लागि ९ एयरब्याग र ३६० डिग्री क्यामेरा र लेभल-२ एडीएएस जस्ता फिचर उपलब्ध गराइएको छ । कम्पनीले ६ सिटर लेआउट भएको जीटी लाइन ट्रिममा मात्र कार ल्याएको छ । यसको ७ सिटर संस्करण पछि लन्च गरिनेछ ।

यसको ड्यासबोर्डमा स्टार्ट-स्टप, क्लाइमेट कन्ट्रोल, भेन्टिलेसन सिस्टम, मिडिया र अन्य सेटिङका लागि भर्टिकल हिडन टाइप इनपुट कन्ट्रोल प्रदान गरिएको छ । यसको दोस्रो पङ्क्तिमा लेग सपोर्टका साथै क्याप्टेन सिट, मसाज फंक्शन र इलेक्ट्रिकली एडजेस्टेबल स्टेयरिङ ह्विल उपलब्ध गराइएको छ । साथै किया ईभी९ को भारतीय मोडेलमा फ्रन्ट र सेकेन्ड रोको लिग सनरुफ, डिजिटल आईआरभीएम र ६४ कलर एम्बियन्ट लाइटिङ जस्ता फिचर समावेश छ ।

सम्बन्धित समाचारहरू

११ लाख भारुमा लन्च भयो नयाँ सेल्टोस, यस्तो छ विशेषता

११ लाख भारुमा लन्च भयो नयाँ सेल्टोस, यस्तो छ विशेषता

कियाले नयाँ जेनेरेसस सेल्टोसलाई औपचारिक रुपमा लन्च गरेको छ । हुन्डाई...

किया ईभी–९ बन्यो ‘वर्ल्ड कार अफ दि इयर–२०२४’

किया ईभी–९ बन्यो ‘वर्ल्ड कार अफ दि इयर–२०२४’

कियाको इलेक्ट्रिक कार ईभी–९ ले वर्ल्ड कार अफ दि इयर–२०२४ को अवार्ड पाएको छ...

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...