किया ईभी–६ को फेसलिफ्ट मोडल तयार हुँदै

कियाले आफ्नो लोकप्रिय इलेक्ट्रिक कार ईभी–६ को फेसलिफ्ट ल्याउने भएको छ । आगामी साता ग्लोवल डेब्यू हुने अनुमान गरिएको सो कारको अहिले टिजरहरु सार्बजनिक भइरहेका छन् । हाल बिक्री हुँदै आएको ईभी–६ लाई पुरै रिफ्रेस गरेर ल्याउन लागिएको सो कारको एक्सटेरियरदेखी इन्टेरियरसम्ममा नयाँ पन पाउन सकिने जनाइएको छ ।

कारलाई पुरै नयाँ लुक्स दिन कियाले ईभी–६ फेसलिफ्टमा ‘माइल्ड डिजाइन ट्विक्स’ दिन लागेको छ । साथै यसमा पुरै नयाँ हेडलाइट सेट र पातालो एलइडी ग्राफिक्स दिइने अनुमान गरिएको छ । टाइगर नोज ग्रिलले कारको फ्रन्ट लुक्सलाई नयाँपन दिने बताइएको छ ।

कारको इन्टेरियरमा अपडेट गरिएको इन्फोटेन्मेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्विल र सेफ्टि फिचरमा परिवर्तन हुनेछ । आयोनिक ५ फेसलिफ्टमा जस्तै यसमा पनि ८४ किलोवाट आवरको ब्याट्री प्याक जडान हुने अनुमान गरिएको छ । हाल बिक्री हुँदै आएको ईभी ६ मा ७७.४ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध रहेकोमा ब्याट्री साइज बढ्दा रेन्जमा समेत बृद्धि हुनेछ ।

किया ईभी६ नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको एक प्रिमियम इलेक्ट्रिक कार हो । सिंगल चार्जमा ५२८ किलोमिटर रेन्ज दिने दावी गरिएको यो कारको मूल्य नेपाली बजारमा १ करोड २६ लाख तोकिएको छ ।

सम्बन्धित समाचारहरू

पाँचौ पुस्ताको किया स्पोर्टेज एसयूभी ग्लोबल डेब्यु : यस्तो छ विशेषता

पाँचौ पुस्ताको किया स्पोर्टेज एसयूभी ग्लोबल डेब्यु : यस्तो छ विशेषता

दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाले किया स्पोर्टेजको पाँचौ जेनेरेसन...

देशका यी १० स्थानमा छ कियाको सर्भिस सेन्टर, २ वर्षपछि डेढ दर्जन पुर्याउने लक्ष्य

देशका यी १० स्थानमा छ कियाको सर्भिस सेन्टर, २ वर्षपछि डेढ दर्जन पुर्याउने लक्ष्य

एसयुभी सेग्मेन्टका गाडीमा उच्च दरको बिक्री हाँसिल गर्न सफल कियाले पछिल्लो...

यस्तो हुनेछ किया साइरोसको इन्टेरियर, ८ दिनपछि सार्बजनिक हुँदै

यस्तो हुनेछ किया साइरोसको इन्टेरियर, ८ दिनपछि सार्बजनिक हुँदै

कियाले नयाँ एसयुभी साइरोसको इन्टेरियर सार्बजनिक गरेको छ । डिसेम्वर १९ मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...