चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...
यो महिना २ नयाँ इलेक्ट्रिक कार नेपाल भित्रिने तयारीमा रहेका छन् । केही समयअघि देखिनै नेपाल आउने चर्चामा रहेका किया इभी६ र विवाइडी एट्टो ३ नेपाल आउन लागेका हुन् । यी कार यसै महिनाको अन्तिम सम्ममा नेपाल आइसक्ने संभावना देखिएको हो ।
किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले एक महिना अघि नै आफ्नो वेबसाइटमा इभी६ लाई लिस्टिङ गरेर नेपाल आउने तयारीमा रहेको जानकारी गराइसकेको छ । यसै महिनाको अन्तिमसम्ममा यो कार नेपाल आइसक्ने कन्टिनेन्टल स्रोतले बताएको छ ।
नेपाली बजारमा यसको जिटी लाइन भर्सनमात्र आउने उक्त स्रोतको भनाई छ । जुन नेपाली बजारमा उपलब्ध हालसम्मकै महंगो मूल्य मध्येको एक इभी हुनेछ । यो इलेक्ट्रिक कारको मूल्य १ करोड २० लाख हाराहारीमा पर्न सक्ने अनुमान लगाइएको छ ।
यसैगरी विवाइडी आयतकर्ता साइमेक्स इंकले पनि वैशाख महिना भित्र एट्टो ३ मोडल लन्च गरिसक्ने बताउँदै आइरहेको छ । अवको केहीदिन भित्रै यसको केही युनिट नेपाल आइसक्ने र लगत्तै बुकिङ खुल्ला गर्ने तयारीमा यो कम्पनी जुटिरहेको छ । एट्टो थ्रीको मूल्य नेपाली बजारमा ५५ लाख हाराहारीमा पर्ने आँकलन गरिएको छ ।
यस्तो छ यी २ कारको रेन्ज र फिचर्स
किया इभी६ मा जडान गरिएको ७७.४ किलोवाट लिथियम आयोन ब्याट्रीलाई एकपटक पूर्ण चार्ज गरेपछि ५ सय किलोमिटर भन्दा बढी यात्रा तय गर्न सकिने दाबी गरिएको छ । यसमा जडान गरिने १६८ किलोवाट पिएमएसएम डुअल मोटरले ५८५ बिएचपी पावर र ७४० एनएम टर्क जेनेरेट गर्न सक्ने बताइएको छ । यो कारलाई २६० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
किया मोटर्सले यो इलेक्ट्रिक कारलाई ई–जिएमपी प्लेटफर्ममा निर्माण गरेको हो । १८ मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यसको ब्याट्रीलाई जम्मा ४ मिनेट चार्ज गर्दा एकसय किलोमिटर सम्मको यात्रा तय गर्न सकिन्छ । आयोनिक ५ मा जस्तै यसमा पनि भेहिकल टु लोड फंक्सन दिइएको छ । जसको साहयतामा ३.६ किलोवाट क्षमतासम्मको अन्य इभीलाई चार्ज गर्न अर्थात सोही क्षमता वरावरको अन्य इलेक्ट्रोनिक सामान चलाउन सकिन्छ ।
साथै यसमा १२.३ इन्चको हाइटेक इन्फोटेन्मेन्ट सिस्टम, १२.३ इन्चकै फुल डिजिटल मिटर, अटोमेटिक डुअल जोन एसी, भेन्टिलेटेड सिट, १९ इन्चको एरो डाइनामिक एलोई ह्विल्स, रिजेनेरिटिभ ब्रेकिङ, हेड अप डिस्प्ले, एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम र स्पिड डेटा एन्ड टर्न वाई टर्न नेभिगेसन लगायत अन्य थुप्रै आधुनिक फिचर्स दिइएको छ ।
बीवाईडी एटो ३ चीन र अन्तर्राष्ट्रिय बजारमा बीवाईडी युआन प्लस वा एस२ को नामले बिक्री भइरहेको छ । यो ५०.१ र ६०.४ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध रहँदै आएपनि नेपालमा भने ठूलो ब्याट्री प्याक भएको मोडल आउने बताइएको छ । यो कारमा पछिल्लो सयम अन्तराष्र्टि«य रुपमै लोकप्रिय बन्दै गएको ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसले सिंगल चार्जमा ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।
यसको अघिल्लो भागमा इन्टिग्रेटेड डीआरएल सहितको एलईडी हेडलाइट र पछिल्लो भागमा होरिजन्टल लाइट बारसँग जोडिएको एलईडी टेललाइट छ । भित्री भागमा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जुन एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबल छ । त्यसैगरी सिन्थेटिक लेदर अपहोल्स्टर्ड सिट, इलेक्ट्रिक पावर असिस्टेड स्टेयरिङ ह्विल र ५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ ।
सुरक्षा र सहजताका लागि यसमा अटोमेटिक सिंगल जोन एयर कन्डिसनर, सिक्स–वे एडजस्टेबल ड्राइभर सिट, फोर–वे एड्जस्टेबल को–ड्राइभर सिट, वायरलेस फोन चार्जर, १२ भोल्ट सकेट, किलेस इन्ट्री र किलेस स्टार्ट, ३६० भ्यु क्यामेरा तथा वान टन ओपन र क्लोज टेलगेट जस्ता सुविधा उपलब्ध छन ।
सेफ्टी फिचरको रुपमा यसमा फ्रन्ट तथा रियर एयरब्याग, ईपीएस सहितको एबीएस, हिल डिसेन्ट कन्ट्रोल, सिट बेल्ट रिमाइन्डर, ट्रयाक्सन कन्ट्रोल सिस्टम, आइसोफिक्स र टायर प्रेसर मोनिटरिङ सिस्टम आदि उपलब्ध गराइएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...
विगत लामो समययता ओझेलमा पर्दै आएको ह्याचब्याक सेग्मेन्ट ईभीको आगमनसँगै...
काठमडौं– नेपाली बाजरमा अर्को एक नयाँ ब्राण्डको कमर्सियल इभी भित्रिने भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...