औपचारिक लन्च पहिले नै कियाको नयाँ इलेक्ट्रिक कार ईभी५ प्रदर्शन

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा एक्सचेन्ज क्याम्प सम्पन्न गरेको छ । सो अवसरमा कियाका अन्य मोडलका अतिरिक्त नेपालमै पहिलो पटक औपचारिक रुपमा नयाँ इलेक्ट्रिक कार ईभी५ समेत प्रदर्शन ग-यो ।

किया ईभी५ नेपाली बजारमा औपचारिक रुपमा लन्च भएको छैन । हाल सो ईभी परीक्षणका लागि मात्र ल्याइएको र ग्राहकको प्रतिक्रिया बुझ्नका लागि मात्र यसलाई प्रदर्शन गरिएको कम्पनी स्रोतको भनाइ छ । गत भदौ महिनामा सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा सो गाडी प्रदर्शन गर्ने तयारी भए पनि विविध कारणले नेपाल भित्रिन नसकेका कारण सम्भव भएको थिएन ।

किया ईभी५ अन्तर्राष्ट्रिय बजारमा पहिले नै लन्च भइसकेको भए पनि नेपालमा भने यो गाडी बिक्रीका लागि उपलब्ध हुने वा नहुने वारेमा समेत कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

किया ईभी५ मा १६० किलोवाटको मोटर छ । यसमा ६४.२ किलोवाट आवरको बीवाईडीको ब्लेड ब्याट्री रहेको छ । यसले सिंगल चार्जमा ५३० किलोमिटरको रेन्ज दिन्छ ।

निकै नै आकर्षक र स्पोर्टी लुक्समा आएको ईभी५ मा ब्याट्रीको सुरक्षाका लागि डेडिकेटेड हिट पम्प सिस्टम दिइएको छ । जसले ब्याट्रीमा लाग्न सक्ने संभावित आगलागीको जोखिमबाट बचाउँन मद्दत गर्दछ ।

साथै यसमा यत्रा गर्दा आराम महसुस हुनेगरी इन्टेरियरमा पर्याप्त स्पेस दिइएको छ । सो नयाँ ईभीमा डयुअल स्क्रिन, फोर स्पोक स्टेयरिङ ह्विल र गियर लिभर समेत पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा एडीएएस फिचर सामेल गरिएको छ । अन्य सेफ्टी फिचरमा ७ वटा एयरब्याग, एल२ प्लस लेभल एसिस्टेड ड्राइभिङ, रिमोट कन्ट्रोल स्मार्ट पार्किङ र सेमी अटोमेटिक लेन चेन्जिङ लगायत दिइएको छ ।

यो गाडीको मूल्य १ करोड रुपैयाँ भन्दा बढी नै पर्ने अनुमान गर्न सकिन्छ । यद्यपि फिचर र मूल्य लगायत अन्य कुनै पनि जानकारी सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचारहरू

प्रिमियम ईभी ब्रान्ड भोयाको थप शेयर स्वामित्व अब डोङफेङसँग, नियन्त्रण थप मजबुत

प्रिमियम ईभी ब्रान्ड भोयाको थप शेयर स्वामित्व अब डोङफेङसँग, नियन्त्रण थप मजबुत

डोङफेङ मोटरको एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड...

बुटवल भैरहवा क्षेत्रमा अब विद्युतीय बस गुड्ने

बुटवल भैरहवा क्षेत्रमा अब विद्युतीय बस गुड्ने

बुटवल – रुपन्देही र कपिलवस्तु जिल्लाका केही स्थानमा सुन्दर यातायातका...

यसकारण भारतमा लोकप्रिय बन्दै ओला इलेक्ट्रिक स्कुटर, नेपालमा किन बिक्री सुरु हुन सकेन ?

यसकारण भारतमा लोकप्रिय बन्दै ओला इलेक्ट्रिक स्कुटर, नेपालमा किन बिक्री सुरु हुन सकेन ?

भारतमा ओला इलेक्ट्रिक स्कुटरको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...