भारतमा किया क्यारेन्स ग्लोबल डेब्यु : सबैभन्दा ठूलो ह्विलबेस, नयाँ डिजाइन ल्यांग्वेज

भारतमा किया क्यारेन्सको ग्लोबल डेब्यु गरिएको छ । यससँगै क्यारेन्सको बुकिङ खुल्ला गरिएको छ । आज एक कार्यक्रमका बीच कियाको चौथो कारको रुपमा भारतमा किया क्यारेन्स सार्वजनिक गरिएको हो ।

किया क्यारेन्स सार्वजनिक गरेसँगै भारतमा कियाले नयाँ ’अपोजिट्स युनाइटेड’ डिजाइन प्रस्तुत गरेको छ । यो भन्दा पहिले कियाले सेल्टोस, कार्निभल र सोनेट लन्च गरिसकेको छ र यी तीनैवटा कार भन्दा फरक डिजाइन ल्यांग्वेज यसमा प्रयोग गरिएको छ ।

कार र रिनेसेन्स जोडेर यसको नाम क्यारेन्स राखिएको हो । यसको अर्थ कारमा नयाँ युगको सुरुवात हुन्छ । भारतीय परिवारका लागि यो एउटा ‘रिक्रिएसनल भेइकल’ हुनेछ र यसले त्यस्ता आधुनिक परिवारलाई लक्ष्यित गरेको बताएको छ ।

किया क्यारेन्सलाई थ्री–रो भेइकल भनिएको छ, जुन हेर्दा एसयूभी जस्तै देखिन्छ । यसमा २,७८० एमएमको ह्विलबेस छ, जुन क्लास लिडिङ छ । ठूलो ह्विल आर्च, क्रोम गार्निस, स्ट्रेट लाइन र एलईडी लाइट टेक्नोलोजी यसको वाहिरी भागमा प्रयोग गरिएको छ । यसमा टाइगर नोज ग्रिलको स्लिकर भर्सन छ ।

यसमा अन्य कार भन्दा पुरै फरक ड्यासबोर्ड प्रयोग गरिएको छ । यसको साथै कारमा बडीको चारैतिर बडी क्लेडिङ जडान गरिएको छ, जसले यो कारलाई रफ र टफ लुक दिन्छ ।

कम्पनीले किया क्यारेन्सलाई किया सेल्टोस भन्दा फरक बनाउनका लागि अनौठो इन्टेरियर समावेश गरेको छ । माथिल्लो भेरिएन्टको कारमा १०.२५ इन्च र लोअर भेरिएन्टमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन राखिएको छ । यसको तल्लो भागमा एसी भेन्ट्स इन्टिग्रेट गरिएको छ ।

क्याबिनलाई अपमार्केट वातावरण दिन चारैतिर विभिन्न प्लास्टिक बनावटहरू प्रयोग गरिएको छ । किया क्यारेन्समा क्याप्टेन सिट सहितको ६ सिट र बीचको रोमा ७ सिटर पेश गरिएको छ । सेकेन्ड रोमा इलेक्ट्रिकल्ली पावर दिन सकिने वान टच टम्बल डाउन फिचर छ, जुन फर्स्ट इन सेगमेन्ट फिचर हो ।

किया क्यारेन्समा डिजिटल ड्राइभर डिस्प्ले, यूभीओ कनेक्टेड कार टेक, एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस फोन चार्जर, बोस साउन्ड सिस्टम, एम्बियन्ट लाइटिङ र पानोरामिक सनरुफ जस्ता फिचर समावेश गरिएको छ ।

यसको साथै कारमा पावर ड्राइभर सिटको फिचर पनि दिइएको छ । सेफ्टी फिचरमा एयरब्याग, ईबीडीको साथमा एबीएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटर र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर समावेश गरिएको छ । यसको सबै मोडलमा ६ एयरब्याग स्ट्यान्डर्डको रुपमा उपलब्ध हुनेछन् ।

किया क्यारेन्समा सेल्टोसमा प्रयोग गरिएको इन्जिन प्रयोग गरिएको छ । यसमा भएको १.५ लिटर फोर सिलिन्डर, नेचुरल्ली एस्पिरेटेड युनिटले ११५ एचपी पावर र १४४ एनएम टर्क दिन्छ भने १.४ लिटर फोर सिलिन्डर, टर्बोचार्ज्ड युनिटले १४० एचपी पावर र २४२ एनएम टर्क दिन्छ । त्यसैगरी १.५ लिटर फोर सिलिन्डर डिजेल इन्जिनले ११५ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।

किया क्यारेन्समा हुन्डाई अल्काजारको २ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन जडान गरिएको छ । पेट्रोल इन्जिनले १५९ बीएचपी पावर दिन्छ भने डिजेल इन्जिनले ११५ बीएचपी पावर दिन्छ ।

यसको दुबै इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सको विकल्पमा उपलब्ध रहेको छ । यसको १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन बेस–स्पेक भेरिएन्टको लागि दिन सकिन्छ, जसले ११५ बीएचपीको पावर प्रदान गर्छ । इन्जिन गियरबक्स र स्पेक सबै सेल्टोससँग मिल्दोजुल्दो छ ।

किया क्यारेन्स आगामी वर्ष अर्थात सन् २०२२ देखि बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । यो वर्षको पहिलो त्रैमासिकमै यसको बिक्री प्रारम्भ गरिने र मूल्य पनि त्यति बेला नै थाहा हुनेछ । त्यसपछि नेपाली बजारमा पनि किया क्यारेन्स बिक्रीका लागि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

हेलो किया पिकान्टो २०२४, लुक र फिचरमा परिमार्जन सहित सार्वजनिक

हेलो किया पिकान्टो २०२४, लुक र फिचरमा परिमार्जन सहित सार्वजनिक

किया पिकान्टो नयाँ भर्सनमा सार्वजनिक भएको छ । कोरियामा सार्वजनिक गरिएको...

किया २.० अन्तर्गत पहिलो गाडी साइरोस ल्याउने तयारीमा किया

किया २.० अन्तर्गत पहिलो गाडी साइरोस ल्याउने तयारीमा किया

किया मोटर्सले गत महिना दुई प्रिमियम कार किया कार्निभल लिमोजिन र किया ईभी९...

यी फिचर अपडेट भएर आयो सेल्टोस फेसलिफ्ट

यी फिचर अपडेट भएर आयो सेल्टोस फेसलिफ्ट

कियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको फेसलिफ्ट सार्वजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...