ट्याक्सीका लागी कियाले ल्यायो निरो इभीको छुट्टै भेरियन्ट
कोरियन अटो निर्माता कियाले ट्याक्सिका लागी निरो इभीको छुट्टै भेरियन्ट...
कियाको ७ सिटर एमपिभी क्यारेन्स अन्तत नेपाल आउने भएको छ । भारतमा १ वर्षअघि नै लन्च भएको क्यारेन्स आयत प्रतिवन्धका कारण नेपाल आउन सकिरहेको थिएन । नेपालका लागी आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले अवको केही समयपछि यसको विक्री शुरु गर्ने तयारी गरेको हो ।
क्यारेन्स प्रिमियम, प्रेस्टिज, प्रेस्टिज प्लस, लक्जरी र लक्जरी प्लस गरी कुल ५ भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । नेपालमा कुन कुन भेरिएन्ट आउन लगेको विाष्यमा कम्पनीले कुनी जानकारी दिएको छैन । यो एमपिभीमा कम्पनीले १.५ लिटर पेट्रोल र डिजेल तथा १.४ लिटरमा टर्बो पेट्रोल इन्जिन जडान गरेको छ । जसमध्ये १.५ लिटर नेचुरल्ली एस्पिरिटेड पेट्रोल इन्जिनको पावर ११५ एचपी र टर्क १४४ एनएम रहेको छ भने डिजेल इन्जिनको पावर ११५ एचपी र टर्क २५० एनएम रहेको छ । १.४ टर्बो पेट्रोलको भने अधिकतम पावर १४० एचपी र टर्क २४२ एनएम रहेको छ ।
ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको यसको यसको तल्लो भेरिएन्टमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । यसको इन्स्ट्रयुमेन्ट क्लस्टर पूर्णतया डिजिटल रहेको छ र यसको स्टेयरिङ ह्विल सेल्टोसको जस्तै रहेको छ । यसमा नयाँ जेनेरेसन किया कनेक्टको साथ ६६ कनेक्टेड कार फिचर, बोस साउन्ड सिस्टम, ८ स्पिकरसहित ६४ रङको एम्बियन्ट लाइटिङ समावेश गरिएको छ ।
यो नयाँ एमपिभीमा स्मार्ट एयर प्युरिफायर, भेन्टिलेटेड फ्रन्ट सिट, मल्टि ड्राइभ मोड, सनरुफ, प्याडल सिफ्टर, वायरलेस चार्जर, कुलिङ कप होल्डर, ६ वटा एयरब्याग, ईएससी, वीएसएम, एचएसी, डीबीसी, बीएएस, अल–ह्विल डिस्क ब्रेक, हाईलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ सेन्सर जस्ता फिचर समावेश गरिएको छ ।
भारतीय बजारमा यसको मूल्य ९ देखी १७ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । जसअनुसार नेपाल आउँदा यो एमपिभीको शुरुवाती मूल्य ५० लाख हराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
कोरियन अटो निर्माता कियाले ट्याक्सिका लागी निरो इभीको छुट्टै भेरियन्ट...
नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग...
किया सेल्टोसको एचटिके भेरियन्ट २ बर्षपछि पुन नेपाली बजारमा भित्रिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...