क्र्यास टेष्टमा किया क्यारेन्सले पायो ३ स्टार रेटिङ

ग्लोवल एनक्यापले भारतमा गरेको सेफ्टि टेष्टमा किया क्यारेन्सले ३ स्टार रेटिङ हात पारको छ । ६ वटा एयर व्याग र प्राय सम्पूर्ण आधारभुत सेफ्टि फिचर्स दिइएको यो ७ सिटर एसयुभीले क्र्यास टेष्टमा निकै नै फितलो नतिजा हात पारेपछि उक्त टेष्ट आयोजना गर्ने संस्था ग्लोवल एनक्याप नै अचम्मित वनेको छ । क्यारेन्सले एडल्ट र चाइल्ड दुवै क्याटेयोरीमा उक्त रेटिङ पाएको हो ।

कियाको चर्चित एसयुभी सेल्टोसको प्लेटफर्ममा निर्माण गरिएको यो एसयुभीले हाँसिल गरेको नतिजा सेल्टोसकै तुलनमा भने केही मजवुत देखिएको छ । ३ वर्षअघि गरिएको उक्त टेष्टमा सेल्टोसले एडल्ट क्याटेगोरीमा जम्मा ८.०३ अंक हासिल गर्दै ३ स्टार रेटिङ हात पारेको थियो । जुन क्यारेन्सले हाँसिल गरेको ९.३० अंकभन्दा कम हो ।

यसैगरी चाइल्ड क्याटेगोरीमा जम्मा १५ अंक पाउँदै २ स्टार रेटिङ पाएको सेल्टोसको तुलनामा क्यारेन्सले ३१ प्वाइन्ट पाउँदै यो विधामा समेत ३ स्टार कै रेटिङ प्राप्त गरेको छ । क्यारेन्सलाई ६४ किलोमिटर प्रतिघन्टाको गतिमा टेष्ट गर्दा नै यसको वडी सेल अस्थिर वनेको थियो ।

भारतीय बजारमा निकै नै लोकप्रिय वनिरहेको यो गाडीमा ६ वटा एयर व्याग सहित इएससी, सिटवेल्ट प्रिटेन्स्नर्स, एविएस, अल ह्विल डिस्क व्रेक, व्रेक असिस्ट सिस्टम र टायर प्रेसर मोनिटरिङ सिस्टम लगायत अन्य सम्पूर्ण वेसिक फिचर्स उपलब्ध गराएको थियो । सेल्टोसको तुनलामा धेरै नै सेफ्टि फिचर्स थप गरिएका कारण यसले क्र्यास टेष्टमा राम्रो रेटिङ पाउने अपेक्षा किया मोटर्सले गरेको थियो ।

सम्बन्धित समाचारहरू

किया क्यारेन्सको इन्स्ट्रयुमेन्ट क्लस्टरमा समस्या, ३० हजार कार फिर्ता वोलाइँदै

किया क्यारेन्सको इन्स्ट्रयुमेन्ट क्लस्टरमा समस्या, ३० हजार कार फिर्ता वोलाइँदै

किया इन्डियाले ३० हजार वढी क्यारेन्सको इन्स्ट्रयुमेन्ट क्लस्टरमा समस्या...

नेपाली बजारमा अब अर्को हाइब्रिड एसयूभी : भित्रियो १ करोड ७० लाख मूल्यको किया सोरेन्टो हाइब्रिड

नेपाली बजारमा अब अर्को हाइब्रिड एसयूभी : भित्रियो १ करोड ७० लाख मूल्यको किया सोरेन्टो हाइब्रिड

काठमाडौं – किया मोटर्सले नेपाली बजारमा अल–न्यु किया सोरेन्टो हाइब्रिड कार...

साउदीका खेलाडीलाई रोल्स रोयस कार दिने कुरा झुट, खेलाडी र प्रशिक्षकले नै गरे खण्डन

साउदीका खेलाडीलाई रोल्स रोयस कार दिने कुरा झुट, खेलाडी र प्रशिक्षकले नै गरे खण्डन

जारी फिफा विश्वकपमा साउदी अरवले अर्जेन्टिनालाई हराएपछि साउदीका राजकुमार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...