किया केवाईको नाम हुनेछ किया क्यारेन्स : डिसेम्बर १६ मा सार्वजनिक हुने
कियाले केवाई कोडनेमबाट जानकारी सार्वजनिक गरिरहेको एमपीभीको नाम किया...
किया इन्डियाले कम्पनीको बहुप्रतीक्षित मोडल किया क्यारेन्सको स्केच जारी गरेको छ । कम्पनीले डिसेम्बर १६, २०२१ मा यस एसयूभीको वर्ल्ड प्रिमियर गर्न लागेको छ । शानदार इन्टेरियर, स्मार्ट कनेक्टिभिटी फिचर, बोल्ड एक्सटेरियर र फराकिलो तेस्रो–रो सिट भएको सो एसयूभी एकसाथ संयुक्त परिवार यात्रा गर्नको लागि डिजाइन गरिएको छ ।
किया क्यारेन्सले कम्पनीको नयाँ डिजाइन फिलोसोफी अपोजिट्स युनाइटेडको सुरुवात गरेको छ । कारको डिजाइन बोल्ड फर नेचर, जोय फर रिजन, पावर टु प्रोग्रेस, टेक्नोलोजी फर लाइफ र टेन्सन फर सेरेनिटिमा आधारित रहेको छ । क्यारेन्सको डिजाइन बोल्ड फर नेचर थिममा आधारित छ ।
किया क्यारेन्सले कम्पनीको अद्वितीय र शक्तिशाली डिजाइन परिभाषित गर्छ । कारको एक्सटेरियरले हाई–टेक स्टाइल देखाउँछ जसमा कियाको अगाडिको टाइगर फेस डिजाइन र आकर्षक रूपमा हाइलाइट गरिएको इनटेक ग्रिल, एलईडी हेडल्याम्प र डेटाइम रनिङ लाइट समावेश गरेको छ । कारको ढोकामा जडान गरिएको क्रोम गार्निसले समग्र प्रिमियमको अनुभूति दिन्छ । कारमा १०.२५ इन्चको अडियो भिडियो नेभिगेसन टेलिमेटिक्स ड्यासबोर्डको बीचमा राखिएको छ ।
किया डिजाइन सेन्टरका प्रमुख र उपाध्यक्ष करिम हबिबले किया क्यारेन्सको डिजाइन अपोजिट्स युनाइटेडलाई प्रतिबिम्बित गरेको जानकारी दिएका छन् । आजका ग्राहकहरूले तीन पंक्तिका गाडीबाट के चाहन्छ भन्ने कुराको वास्तविक प्रतिबिम्ब किया क्यारेन्स भएको थप जानकारी दिएका छन् ।
किया कार यो आर्थिक वर्षमा बजारमा आउने अपेक्षा गरिएको छ । सो कार फेब्रुअरी वा मार्च २०२२ को आसपासमा लन्च हुनेछ । किया कार भारतमा उत्पादन गरिने र अन्य देशमा निर्यात गरिनेछ । सो कार मारुती सुजुकी एक्सएल६ फेसलिफ्ट र हुन्डाई अल्काजार लगायत अन्यसँग प्रतिस्पर्धा गर्नेछ ।
कियाले केवाई कोडनेमबाट जानकारी सार्वजनिक गरिरहेको एमपीभीको नाम किया...
भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा कोरियन अटो निर्माता कियाले...
दक्षिण कोरियाली अटोमेकर किया मोटर्सले आफ्नो ईभी लाइनअप विस्तार गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...