कियाकाे बिक्री १८ प्रतिशतले वृद्धि
भारतको लोकप्रिय कार निर्माता कम्पनी कियाले अप्रिल २०२५ मा पनि आफ्नो कार...
कोरियन अटो निर्माता कियाले अमेरिका छिरेको ३० वर्षमा १ करोड युनिट कार विक्री गर्न सफल भएको छ । सन् १९८८ मा अमेरिका प्रवेश गरेको यो ब्रान्डको १ करोड संख्याको अन्तिम युनिट कार भने रातो रङको इभी६ वनेको छ । यो कार कियाको अमेरिकी बजारका लागी विशेष रहेको कम्पनीको भनाई छ ।
३० वर्षअघि सेफिया र स्पोर्टेज गरी कुल २ वटा मोडलमार्फत अमेरिका छिरेको यो ब्रान्डको शुरुमा जम्मा ४ वटामात्र डिलर रहेको थियो । हाल भने उसले टेलुराइड, सोल, सेल्टोस, निरो, स्पोर्टेज, सोरेन्टो, कार्निभल र इभी६ सहित अन्य थुप्रै मोडलका कारहरु एकसय भन्दा बढी डिलरमार्फत बिक्री गर्दै आइरहेको छ ।
कियाले अमेरिकामा सन् २०१० मा पहिलो ठूलो प्लान्ट स्थापना गरेर सवारीसाधन उत्पादन थालेको थियो । त्यसपछि विश्व बजारमा कहलिएका ठूला र प्रतिष्ठित ब्रान्डसंग प्रतिस्पर्धामा खरो रुपले उत्रिएको उसले अमेरिकी ग्राहकको विश्वास जित्दै आइरहेको छ । केही समयअघि मात्र लन्च गरिएको इलेक्ट्रिक कार इभी६ लाई अहिले सर्बाधिक रुचाउन थालिएको किया मोटर्सले जनाएको छ ।
भारतको लोकप्रिय कार निर्माता कम्पनी कियाले अप्रिल २०२५ मा पनि आफ्नो कार...
दोस्रो पुस्ताको सेल्टोसलाई विश्व बजारका लागि सार्बजनिक गरेको केही समयपछि...
कियाले केवाई कोडनेमबाट जानकारी सार्वजनिक गरिरहेको एमपीभीको नाम किया...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...