नाइमा एक्सपोको आकर्षण : ७ सिटर किटोन ईभी भ्यान

काठमाडौं – राजधानीमा जारी नाइमा मोबिलिटी एक्सपो २०२५ मा किटोनको कर्पोरेट ईभी भ्यान चर्चामा रहेको छ । बैंक, इन्स्योरेन्स कम्पनी, हस्पिटल, मन्टेश्वरी, स्कुल, एयरलाइन, होटल लगायतका कर्पोरेट क्षेत्रले विभिन्न स्थानमा पिकअप, ड्रप गर्नका लागि सो ईभी भ्यान प्रयोग गर्न सक्छन् ।

नेपालका लागि आधिकारिक वितरकको रुपमा टाइम्स बिजनेसले सो ईभी भ्यान प्रदर्शन गरेको हो । यसमा ४२.३३ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको छ । विश्व प्रसिद्ध ईभी निर्माता कम्पनीको रुपमा चर्चित बीवाईडीले समेत यही प्रविधिको ब्याट्री प्रयोग गर्छ ।

पहिलो पटक ईभी भ्यानमा समेत यो ब्याट्री प्रयोग भएको हो । यसले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने बताइएको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ भने ह्विलबेस २,७०० एमएम छ ।

यसमा ५० किलोवाटको मोटर रहेको छ भने यसले २१० एनएम टर्क जेनेरेट गर्छ । ७ सिटर सो ईभी भ्यानमा क्याप्टेन सिट रहेको छ । यसको मूल्य ३५ लाख ९० हजार रुपैयाँ रहेको छ । नाइमा एक्सपो अफरको रुपमा १ लाख रुपैयाँ छुट उपलब्ध हुने कम्पनीको भनाइ छ । कम्पनीले ७ वर्ष वा ४ लाख किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध गराउने बताएको छ ।

हाल बजारमा प्रचलित पेट्रोलियम पदार्थबाट चल्ने भ्यानलाई सो ईभी भ्यानले प्रतिस्थापन गर्न सक्ने सम्भावना देखिएको छ ।

किटोन २५ वर्ष भन्दा लामो समयको इतिहास भएको चिनियाँ कम्पनी हो, जसले वार्षिक रुपमा ३ लाख युनिट भन्दा बढी सवारी साधन उत्पादन गर्दै आएको छ । विश्वका २० भन्दा बढी देशमा यी सवारी साधन बिक्री हुन्छन् ।

सम्बन्धित समाचारहरू

स्टेलान्टिस र डोङफेङले युरोपेली बजारका लागि बनाए ईभी ज्वाइन्ट भेन्चर

स्टेलान्टिस र डोङफेङले युरोपेली बजारका लागि बनाए ईभी ज्वाइन्ट भेन्चर

अटोमोबाइल समूह स्टेलान्टिस र चिनियाँ अटो निर्माता कम्पनी डोङफेङ मोटरले...

ईभीका लागि ‘ब्याट्री पासपोर्ट’ अनिवार्य गर्दै यूरोप

ईभीका लागि ‘ब्याट्री पासपोर्ट’ अनिवार्य गर्दै यूरोप

सन् २०२७ देखि युरोपेली संघमा आबद्ध देशहरूमा बिक्री हुने सबै विद्युतीय...

सेरेसको थ्रीएस सुविधासहितको शोरुम अब बुटवलको कालिकानगरमा

सेरेसको थ्रीएस सुविधासहितको शोरुम अब बुटवलको कालिकानगरमा

बुटवल – सेरेसको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...