नेपाल आउँदै गरेको दिपल निभो क्यु०५ ले जित्यो प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड
नेपाल आउने तयारीमा रहेको दिपल निभो क्यु०५ ले प्रतिष्ठित गोल्डेन ए डिजाइन...
काठमाडौं–केरन इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक इभोक नेपाल प्रालिले आफ्नो लोकप्रिय स्कुटर ब्लेज प्रोको ३.७ किलोवाट आवर ब्याट्री भेरिएन्ट सार्वजनिक गरेको छ ।
ब्लेज प्रो ३.७ किलोवाट आवरलाई नेपाली बजारमा उच्च रेन्ज, दमदार प्रदर्शन र आकर्षक मूल्यको संयोजन भएको स्कुटरका रूपमा सार्वजनिक गरिएको हो । कम्पनीले यस स्कुटरको मूल्य २ लाख ८० हजार रुपैयाँ निर्धारण गरेको छ ।
यस स्कुटरले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यस मूल्य वर्गमा यति ठूलो ब्याट्री क्षमता र उच्च रेन्ज उपलब्ध गराउने स्कुटरहरू कम भएकाले ब्लेज प्रोलाई बजारमा बलियो प्रतिस्पर्धीको रूपमा हेरिएको छ ।
ब्लेज प्रोमा रहेको के–टेक डिलु हव ड्राइभ मोटरले उत्कृष्ट शक्ति र सहज एक्सेलेरेशन प्रदान गर्ने बताइएको छ । स्कुटरको टप स्पिड ८५ किलोमिटर प्रतिघण्टा रहेको छ, जसले दैनिक शहरी यात्रा मात्र होइन, लामो दूरीको यात्रालाई समेत सहज बनाउँछ ।
सुरक्षाका लागि स्कुटरमा कम्वाइन्ड ब्रेकिङ सिस्टम(सीबीएस) सहितको हाइड्रोलिक डिस्क ब्रेक उपलब्ध गराइएको छ, जसले ब्रेकिङलाई अझ सुरक्षित र सन्तुलित बनाउँछ । यस स्कुटरको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ ।
स्कुटरमा डिजिटल कलरफुल डिस्प्ले, पर्याप्त स्टोरेज स्पेस तथा के–टेक एलएफपी ब्याट्री, ट्रयाक्सन कन्ट्रोल, अटो होल्ड र रिभर्स मोड जस्ता आधुनिक सुबिधा समावेश गरिएका छन् । ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३.५ घण्टा मात्र लाग्ने कम्पनीले जनाएको छ ।
अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता र प्रतिस्पर्धी मूल्यका कारण केरन इलेक्ट्रिकले छोटो समयमै नेपालमा विद्युतीय दुईपाङ्ग्रे बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । प्रतिस्पर्धी मूल्य, उच्च रेन्ज र आधुनिक प्रविधिको संयोजनले ब्लेज प्रो छिट्टै बजारमा स्थापित हुने कम्पनीको विश्वास छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...