रोयल इन्फिल्ड हिमालयन ७५० आउँदै, यस्ता छन् विशेषता
रोयल इन्फिल्डले हालै लद्दाखको लेहमा हिमालयन ७५० को शोकेस गरेको छ । सो...
स्पोर्ट्स बाइक निर्माता कम्पनी कावासाकीले छिट्टै भारतमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न नयाँ बाइक लन्च गर्ने भएको छ । यो बाइक २०२३ कावासाकी इलिमिनेटर ४०० हुनेछ ।
यो क्रुजर बाइक सन् २०२३ को दोस्रो हप्ता भारतमा लन्च हुने अपेक्षा गरिएको छ । लन्चिङ पछि सो बाइकले रोयल इन्फिल्डको सुपर मेटियर ६५० सँग प्रतिस्पर्धा गर्नेछ ।
यसमा ३९८ सीसीको प्यारेलर ट्विन, लिक्विड–कुल्ड इन्जिन छ, जुन ६ स्पिड गियरबक्ससँग जोडिएको छ । सो इन्जिनले १०,००० आरपीएममा ४६.९ बीएचपीको पावर र ८,००० आरपीएममा ३७ एनएमको टर्क जेनेरेट गर्छ ।
सो बाइकमा १८ इन्च फ्रन्ट र १६ इन्च रियर ह्विल छ । यसको तौल १७६ केजी छ । ब्रेकिङको लागि ३१० एमएम डिस्क र रियरमा २४० एमएम ड्रम ब्रेक रहेको छ । यसमा ड्युअल च्यानल एबीएस पनि छ ।
कावासाकी इलिमिनेटर ४०० को डिजाइन क्लासिक क्रुजरको जस्तै छ । बाइकमा टियरड्रप आकारको इन्धन ट्याङ्की, चौडा ह्यान्डलबार र क्रोम एक्जस्ट सिस्टम पनि छ । यो बाइक जापानी बजारमा स्ट्यान्डर्ड र एसई गरी २ भेरिएन्टमा उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...