मोटर स्पोर्ट्समा अगाडि बढ्दै काठमाडौं विश्वविद्यालय, विभिन्न कार्यक्रम गर्दै

काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्टले, ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टु–कार्ट्स ‘ गरिरहेको छ ।

काठमाडांै विश्वविद्यालयका विद्यार्थीहरुको इनोभेटिभ अभियान अभियान्ता २४ नामक वार्षिक फ्ल्यागसिप कार्यक्रमको सन्दर्भमा हुने उक्त इभेन्ट नेपाल अटोमोबाइल्स एसोसिएसनको ‘कलेज टु कार्ट्स’ इभेन्टसँग सम्बन्धन गरिएको राष्ट्रिय इभेन्ट हो ।

उक्त कार्यक्रम धुलिखेलको हिमालयन मोटरल्याण्डमा हुने र सो कार्यक्रमका सहभागीहरुको ट्रेनिङ तथा ओरिएन्टेसन काठमाडौं विश्वविद्यालयलको सभा हलमा हुने भएको छ । उक्त ओरिएन्टेसनमा कार्ट्सको डिजाइन तथा सुरक्षा विधि, प्रतियोगिताको नियमहरु, मार्सलिङ विधि तथा राष्ट्रिय मोटो स्पोर्ट्सको ड्राइभरको प्रशिक्षण, लाइसेन्सिङ तथा महिला कार्ट्स ड्राइभरको लागि छुट्टै प्रशिक्षण समेत दिइनेछ, जसले आगामी महिना धुलिखेलमै हुने ‘माउण्ट एभरेस्ट मोटरस्पोर्ट्स फेस्टिभल २०२४’ मा सहभागिताको अवसर पाउने छन् ।

इभेन्टमा नेपालभरिका विभिन्न पाँचवटा इन्जिनियरिङ कलेजका सातवटा टिम र उनीहरुले तयार गरेका कार्ट्सहरुको प्रतिस्पर्धा हुनेछ र प्रत्येक टिमबाट सातजना गरी जम्मा ४९ विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ । जसको एक विजयी उत्कृष्ट खेलाडीले आगामी वर्ष श्रीलंकामा हुने एसिया प्यासिफिक मोटोस्पोर्ट च्याम्पियनसिपमा नासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउने छन् । सम्बन्धित कलेजका खेलाडीले आफ्नो कलेजको सबै टिम मेम्बरसँग समेत प्रतिस्पर्धा गर्ने छन् । जसबाट प्रत्येक कलेजको विजेता समेत घोषणा गरिने छ ।

विद्यार्थीहरुले सो इभेन्टमा आ–आफ्नो विज्ञता र कौशलता अनुरुप सीप, डिजाइन, सिर्जनशीलता प्रदर्शन गर्दै प्रतिस्पर्धामा उत्रने भएका छन् । सरकारी ड्राइभिङ तथा राइडिङ लाइसेन्स प्राप्त सहभागीहरुले नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा सहभागी हुन सक्ने छन् जहाँ उनीहरुले कार्ट्सको छुट्टै प्रतियोगितामा सहभागी हुन सक्ने छन् ।

सानिमा हाइड्रोपावर, डब्लुडीएन, नेपाल टेलिकम र अस्टेक नेपालद्वारा प्रायोजित तथा सहकार्य रहेको सो इभेन्ट नासा नेपालमा समेत आवद्ध रहेको छ । सो इभेन्टको कुल पुरस्कार राशी नगद एक लाख नगद र रहेको छ ।

नेपालमा नौलो र चुनौतीपूर्ण मानिएको मोटर स्पोर्ट्स विधामा काठमाडौं विश्वविद्यालय तथा विभिन्न इन्जिनियरिङ कलेजहरुका बिधार्थीको उत्साह, क्रियाशीलता र प्रत्यक्ष सहभागिताले नयाँ इनोभेटिभ कार्यमा थप मद्दत पुग्नुका साथै नेपाली मोटो स्पोर्ट्स नयाँ उचाईमा पुग्ने विश्वास रहेको काठमाडौं विश्वविद्यालयलका विद्यार्थी तथा आयोजक संस्थाका सचिव स्वीकार कोइरालाले बताए ।

सम्बन्धित समाचारहरू

नेपाली ड्राइभर र राइडरलाई मद्रासमा मोटरिङको अवसर

नेपाली ड्राइभर र राइडरलाई मद्रासमा मोटरिङको अवसर

काठमाडौं – नेपाली मोटरसाइकल रेसर तथा कार्ट्स ड्राइभरहरूले मद्रासको...

नासा नेपाल बन्यो एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन

नासा नेपाल बन्यो एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन

काठमाडौं – अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) द्वारा प्रदान...

विश्वको सबैभन्दा महंगो एम्बुलेन्स दुबईमा सार्बजनिक, मूल्य ४२ करोड २७ लाख माथी

विश्वको सबैभन्दा महंगो एम्बुलेन्स दुबईमा सार्बजनिक, मूल्य ४२ करोड २७ लाख माथी

बिलासी, महंगो र युनिक बिशेषता भएका कार प्रयोगका कारण चर्चामा आइरहने दुबईमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...