रोयल इन्फिल्ड नेपालको प्रायोजनमा जिरी मेनिया–२०२५ आयोजना हुँदै

काठमाडौं–आगामी चैत्र १५ देखी १७ गतेसम्म जिरी मेनिया–२०२५ आयोजना हुने भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सको मुख्य प्रायोजनमा आयोजना हुने उक्त ३ दिने राईड कार्यक्रममा २०० बढी राइडर सहभागी हुने बताइएको छ ।

नेपालका विभिन्न जिल्लाहरु, भारतका विभिन्न प्रान्तहरु, दक्षिण अफ्रिका, अमेरिका र फ्रान्सबाट राइडरहरु सहभागी हुने आयोजक संस्था काठडमाण्डु लिजेंड्सले जानकारी गराएको छ । यात्रामा सहभागी राइडरलाई जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ, जिरी होटल व्यवसायी संघ लगायत अन्य स्थानिय सरोकारवालाहरुले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।

आयोजक संस्थाका अनुसार, कार्यक्रमा अबधीमा सहभागीहरुले जिरी क्षेत्रका रमणिय पर्यटकिय स्थलहरुको भ्रमण गर्नेछन् भने स्थानिय सांस्कृतिक कार्यक्रमहरु, लाइभ ब्याण्ड र डिजे मार्फत चलनचल्तिका प्रख्यात गित संगितहरुको मनोरन्जन, लिने, स्थानिय परिकारहरुको स्वाद लिने, कोशेली स्वरुप स्थानिय उत्पादनहरु खरिद गर्नेछन् ।

कार्यक्रममा सहभागी हुन न्यूतम दर्ता शूल्क निर्धारण गरिएको काठडमाण्डु लिजेंड्सका अध्यक्ष रमेश अवालेले बताए । उनले भने, ‘जिरीको इतिहासमा नै पहिलोपटक हुन लागेको यस मोटरसाइकल पर्यटनले जिरी भ्रमण वर्ष–२०२५ लाई टेवा पुर्याउनुको साथै जिरीको पर्यटन प्रबद्र्धन हुने र देश विदेशमा प्रख्यात स्थानिय उत्पापादनहरु चिज र बटरजस्ता अन्य कृषिजन्य उपजहरुको प्रचार प्रसार समेत हुनेछ ।'

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...