मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधी मण्डलको नीतिगत संवाद
जनकपुरधाम — नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्र धराशायी बन्दै गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अटो क्षेत्र धराशायी बन्दै जाँदा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका हुन् ।
अटो व्यवसाय अब छिट्टै एकादेशको कथा हुने अवस्था आएको पनि अध्यक्ष चौधरीले जानकारी दिए । ‘ठूलादेखि साना सवारीको बिक्रीमा कमी आएको छ, अटो व्यवसायीहरूले वैकल्पिक उपाय खोजी रहेका छन्, व्यवसायीले ऋण लिएर व्यवसाय गरेका छन्, तर अब व्यवसायी ऋणलाई नतिरी यहाँबाट कसरी उम्कने भन्ने उपाय खोजी रहेका छन्,’ उनले भने ।
चौधरीले अटो क्षेत्र थला परेको बताउँदै यस क्षेत्रको अवस्था झन् खच्किँदै गए व्यवसायी झन् समस्यामा पर्ने बताए । गाडी बिक्री हुन छाड्दा सरकारको राजस्व संकलनमा पनि कमी आएको उनको भनाइ छ ।
‘अहिलेको अवस्था राम्रो गरिरहेको भन्न लायक ईभी सवारी मात्र छ, त्यो वाहेक अन्य अटोमोबाइल व्यवसाय हैन भन्ने भइसक्यो, हामी भेन्टिलेटरमा पुगिसकेका छौं, यहाँबाट माथि उठ्ने कि तल जाने भन्ने थाहा छैन,’ उनले भने । यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्नको लागि सरकारले पहल गर्नुपर्ने उनको तर्क छ ।
जनकपुरधाम — नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार...
काठमाडौं– नाडा प्रतिनिधी मण्डलले गृहमन्त्रि नारायणकाजी श्रेष्ठसंग छलफल...
काठमाडौं – सरकारले बजेट तथा अन्य नीतिमार्फत विभिन्न व्यवस्था गरे पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...