नाडा अध्यक्षमा उम्मेदवारी दिने करण चौधरीको घोषणा : भन्छन् – नाडालाई चिनाउनु पहिलो एजेन्डा

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसनको अध्यक्ष पदका लागि हालका उपाध्यक्ष करण चौधरीले उम्मेदवारी दिने घोषणा गरेका छन् । केन्द्रबिन्दु टीभीसँगको कुराकानीमा चौधरीले सो घोषणा गरेका हुन् ।

कृष्णप्रसाद दुलालको अध्यक्षतामा रहेको हालको कार्यसमितिमा उपाध्यक्ष रहेका चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् । सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले नेपाली बजारमा सुजुकी गाडी बिक्री–वितरण गरिरहेको छ ।

हालको कार्यसमितिले कोभिड–१९ को कारण चाहे जति कार्य गर्न सकेको छैन । पहिलो वर्ष उत्साहपूर्ण कार्य गरेको, सबैसँग भेटघाट गरेर काम गर्ने लहर चलेको समयमा कोभिड–१९ ले असर गरेको थियो । यद्यपि पछिल्लो समयमा सरकारले समेत नाडालाई पहिचान गर्न थालेको र कुनै पनि निर्णय गर्दा नाडाको सल्लाहलाई मानेर अगाडि बढौं भन्ने अवस्था आएको उनले बताए ।

आफूले अध्यक्षको उम्मेदवारको रुपमा अगाडि बढ्ने योजना साथीहरुलाई बताइसकेको र यसका लागि सर्वसम्मत रुपमा अगाडि बढ्न प्रयास गर्ने बताए । नेपाल जस्तो सानो देशमा अध्यक्ष पदका लागि साथीहरुकै बीचमा मनमुटाव हुनुहुदैन भन्ने उनको मान्यता छ । उनी भन्छन्, ‘सबैको विश्वास जित्न सके र मलाई लिडरको रुपमा मान्नु भयो भने पक्का पनि सर्वसम्मत हुनेछ ।’

कुनै पनि कार्य गर्दा तयारी गरेर मात्र अगाडि बढ्ने आफ्नो ‘नेचर’ भएको र नेचर अनुसार नै अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि आफूलाई तयारी अवस्थामा राखेको उनले बताए ।

आफू अध्यक्ष भइसके पछि नाडालाई चिनाउनु आफ्नो पहिलो एजेन्डा भएको उनले बताए । यसका लागि सबै साथीहरुका साथ सहकार्य गरी नाडालाई सबैको बीचमा परिचित गराउने र अटोमोबाइल व्यवसायीको हितमा काम गर्ने उनले बताए ।

नयाँ कार्यसमितिको लागि अब तयारी शुरु हुन थालेको छ । हालको कठिन अवस्थामा स्वास्थ्य सम्बन्धी मापदण्डका कारण केही असहज अवस्था हुने भएकाले त्यसै अनुसार अगाडि बढ्नु पर्ने अवस्था छ । ढिलोमा पनि आगामी पुस महिना सम्म नाडाको अधिवेशन गर्नुपर्ने अवस्था छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा हुनेछन् यी नयाँ इलेक्ट्रिक कार

नाडा अटो शोमा हुनेछन् यी नयाँ इलेक्ट्रिक कार

आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३...

नाडा ईभी एक्सपो २०२२ मा नविल बैंकले विशेष छुट उपलब्ध गराउने

नाडा ईभी एक्सपो २०२२ मा नविल बैंकले विशेष छुट उपलब्ध गराउने

काठमाडौं – भोलि देखि राजधानीको भृकुटी मण्डपमा प्रारम्भ हुने नाडा ईभी...

आयात प्रतिबन्धका कारण ५८ शोरुम बन्द, १०० शोरुम बन्द हुने अवस्थामा

आयात प्रतिबन्धका कारण ५८ शोरुम बन्द, १०० शोरुम बन्द हुने अवस्थामा

सरकारले लामो समय देखि गरेको आयात बन्द तथा नेपाल राष्ट्र बैंकले अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...