कामाको नयाँ ईभी कन्टेनर बुक गर्नेलाई २ लाख छुट, नाडा अटो शोमा लन्च हुने

काठमाडौं–कामा ईभीको नेपालमा लागि आधिकारिक वितरक मेगा मोटर्सले आगामी नाडा अटो शोमा ईभी कन्टेनर लन्च गर्ने भएको छ । कम्पनीले अहिले यसको बुकिङ खुला गरिसकेको छ ।

जसअनुसार, यस ईभी बुकिङ गर्ने पहिलो ५० जना ग्राहकले २ लाख रुपैयाँ छुट पाउनेछन् । २७ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको यस कन्टेनर बुक गर्ने सुरुका ५० जना ग्राहकलाई २५ लाख ९० हजारमै उपलब्ध गराउने कम्पनीले जनाएको हो ।

फ्याक्ट्रिबाटै फिटिङ भएर आउने यस कन्टेनरले नेपालको मिनी कमर्सियल ईभी बजारमा नयाँ उपलब्धि हाँसिल गर्ने कम्पनीका प्रबन्ध निर्देशक महेश पालले बताए । ‘कामा ईडब्लु २ अहिले फ्याक्ट्रिबाट हिंडिसकेको छ । भदौ ३ गतेदेखी सुरु हुने नाडा अटो शोमा हामीले यसलाई लन्च गर्ने तयारी गरेका छौ । यो कमर्सियल ईभीले नेपाली बजारमा छिट्टै लोकप्रियता हाँसिल गर्नेमा ढुक्क छौ’ पालले भने ।

यस ईभीमा ८.५ फिट लम्बाई र ५.५ फिट उचाई भएको मजवुत कन्टेर राखिएको छ । यसको पेलोड क्षमता १.५ टन छ भने एकपटकको फुल चार्जमा २५० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

कामा ईडब्लु २ मा ७० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ । कम्पनीले यस ईभीमा ५ वर्ष अर्थात २ लाख किलोमिटर वारेन्टि दिएको छ ।

सम्बन्धित समाचारहरू

मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक

मोबाइल जस्तो सजिलो छैन विद्युतीय सवारी किन्न : यी ८ कुरामा ध्यान दिनु आवश्यक

मोबाइल किन्नुजस्तो सजिलो हुँदैन सवारी साधन किन्न । अटोमोबाइल अन्तर्गत अझ...

साझा यातायातले २५ इलेक्ट्रिक माइक्रोबस र ५ इलेक्ट्रिक स्कुटर किन्दै, टेन्डर आह्वान

साझा यातायातले २५ इलेक्ट्रिक माइक्रोबस र ५ इलेक्ट्रिक स्कुटर किन्दै, टेन्डर आह्वान

काठमाडौं – साझा यातायातले अब इलेक्ट्रिक माइक्रोबस समेत चलाउने भएको छ ।...

चीनमा इलेक्ट्रिक फ्लस डोर ह्यान्डल प्रतिबन्धित हुने

चीनमा इलेक्ट्रिक फ्लस डोर ह्यान्डल प्रतिबन्धित हुने

विश्वभर प्रिमियम र इलेक्ट्रिक सवारी साधनहरूमा आधुनिक डिजाइनको प्रतीकका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...