काठमाडौं आइपुग्यो कामाको विद्युतीय कन्टेनर, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–कामाको विद्युतीय कन्टेनर ‘ईडब्लु २’ काठमाडौं आइपुगेको छ । हालै सम्पन्न नाडा अटो शोमार्फत औपचारिक लन्च हुने भनिएको सो नयाँ ईभी तातोपानी नाका बन्द हुँदा आउन सकिरहेको थिएन ।

कामाको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सले नाडा अटो शोकै लागि भनेर २ लाख रुपैयाँ छुटसहित यसको बुकिङ समेत खुला गरेको थियो ।

५० जनाका लागि विशेष छुटमा बुकिङ खुला गरिएको र उक्त बुकिङ पुरा भइसकेकाले अव ग्राहकले पुरानै मूल्यमा सो नयाँ ईभी कन्टेनर खरिद गर्नुपर्ने छ । हाल यसको मूल्य २७ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

फ्याक्ट्रिबाटै फिटिङ भएर आउने यस कन्टेनरले नेपालको मिनी कमर्सियल ईभी बजारमा नयाँ उपलब्धि हाँसिल गर्ने कम्पनीका प्रबन्ध निर्देशक महेश पालले बताए । ‘कामा ईडब्लु २ अहिले काठमाडौं आइपुगेको छ । अवको हप्तादिन भित्र १० जना ग्राहकलाई डेलिभरी दिँदै छौ । यो कमर्सियल ईभीले नेपाली बजारमा छिट्टै लोकप्रियता हाँसिल गर्नेमा ढुक्क छौ’ पालले भने ।

यस ईभीमा ८.५ फिट लम्बाई र ५.५ फिट उचाई भएको मजवुत कन्टेर राखिएको छ । यसको पेलोड क्षमता १.५ टन छ भने एकपटकको फुल चार्जमा २५० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

कामा ईडब्लु २ मा ३८ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक र ७० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ । सिंगल चार्जमा २५० किलोमिटर रेन्ज दाबी गरिएको यस ईभीमा ५ वर्ष अर्थात २ लाख किलोमिटर वारेन्टि पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

इलेक्ट्रिक भेइकल, हाइब्रिड कार र सोलार कार पछि अब नयाँ फ्युलको चर्चा चलेको...

महंगा भए आईकार भी२३ र जेइको जे६ ईभी, कुनमा कति बढ्यो ?

महंगा भए आईकार भी२३ र जेइको जे६ ईभी, कुनमा कति बढ्यो ?

काठमाडौं–ईभी बजारमा निकै राम्रो चर्चा पाइरहका विद्युतीय एसयूभी आईकार...

निषेधाज्ञामा अटोलोनको भुक्तानी खल्तीबाट तिर्न र ५ हजार पुरस्कार जित्न सकिने

निषेधाज्ञामा अटोलोनको भुक्तानी खल्तीबाट तिर्न र ५ हजार पुरस्कार जित्न सकिने

काठमाडौं – होन्डा, बजाज र यामाहाका सवारी साधन खरिद गरेका ग्राहकले अटोलोनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...