काई एक्स-३ प्रोको बुकिङ खुल्ला, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– लक्ष्मी ग्रुपले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक एसयूभी काई एक्स-३ प्रोको बुकिङ खुल्ला भएको छ । ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोविलिटीले आज नक्सालमा शोरुम संचालनसंगै गाडीको मूल्य सार्बजनिक गरी बुकिङ समेत खुल्ला गरेको हो ।

एक्स३ प्रोको दुईवटा भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसअनुसार डिलक्स भेरिएन्टको ४६ लाख ९६ हजार र फ्ल्यागशिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैँया निर्धारण गरी बुकिङ खुल्ला गरिएको हो ।

यो नयाँ एसयुभीमा ५३.६ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यहि सेग्मेन्टका अधिकांश गाडी १०० किलोवाट मोटरमा उपलब्ध रहँदै आएकोमा लक्ष्मी ई–मोविलिटीले भने १२० किलोवाट मोटरमै एक्स३ प्रो सार्बजनिक गरेको हो । यो एसयूभकिो अधिकतम टर्क २८० एनएम छ ।

एसयूभीलाई फुल चार्ज गर्दा ४०१ किलोमिटर रेन्ज पाइने कम्पनीले दावी गरेको छ । यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ । साथै, १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स–३ प्रोको लम्बाई ४४०० मिलिमिटर, चौडाई १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ । ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस रहनेछ । यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ । पछाडि भने मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

स्लीक डिजाइन र मोर्डन फिचर सामेल गरिएको केई एक्स–३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी छन् । १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काई रुफ, ड्यूल जोन एसी, वायरलेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ ।

सुरक्षाका लागि यसमा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसरमोनिटरिङ सिस्टमसँगै एडास फिचर दिइएको छ । एडासभित्र विशेषगरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल लगायत फिचर सामेल गरिएको छ ।

यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ । सुरक्षाको हिसावले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमका मोटर लगायत इलेक्ट्रीकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी रहेको छ

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...