२ लाख कम मूल्यमै सानो ईभी, अब मूल्य २० लाख ९६ हजार

काठमाडौं – केई ई–क्युट ०२ अब २० लाख ९६ हजार रुपैयाँमा उपलब्ध हुने भएको छ । यो भन्दा पहिले यसको वास्तविक मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

नेपालका लागि केई ईभीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले हाल भृकुटीमण्डमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपोमा यो गाडीमा भारी छुट उपलब्ध गराएका हुन् ।

४० किलोवाट मोटर र २८.०८ किलोवाट आवर ब्याट्रीयुक्त सो ईभीले सिंगल चार्जमा ३०० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

ड्युअल एयरब्याग, एबीएस, एचएसी, आइसोफिक्स, स्टिल केज फ्रेम लगायतका सेफ्टी फर्स्ट फिचर रहेको केई ई–क्युट ०२ मा ३६० डिग्री भ्यु क्यामेरा, पुस स्टार्ट बटम लगायतका विभिन्न फिचर रहेका छन् ।

केई ई–क्युट ०२ मा १०.२५ इन्चको टचस्क्रिन, चार वटा ड्राइभिङ मोड, अटोमेटिक हेडल्याम्प, १५ इन्चको टायर, अटो विन्डो क्लोजिङ, रिमोट विन्डो कन्ट्रोल, कोलम ड्राइभ सिफ्टर, सेन्सर लकिङ र अनलकिङ, ड्राइभर आर्मरेष्ट लगायतका फिचर समेत रहेका छन् ।

कम मूल्य वाहेक ग्राहकले एक्सचेन्ज बोनस, ३.३ किलोवाट आवरको चार्जर, ६ वर्ष सम्म निःशुल्क सर्भिसिङ, ८ वर्षको ब्याट्री वारेन्टी तथा अटो प्लस इन्स्योरेन्स प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचारहरू

यी ५ विशेषतका कारण नेक्सन ईभी म्याक्स बन्ने छ बेस्ट इलेक्ट्रिक कार

यी ५ विशेषतका कारण नेक्सन ईभी म्याक्स बन्ने छ बेस्ट इलेक्ट्रिक कार

टाटाले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार नेक्सन ईभी म्याक्स सार्वजनिक...

बीवाईडीको  शोरुम अब नक्सालमा, एट्टो३ इलेक्ट्रिक कार सार्वजनिक

बीवाईडीको शोरुम अब नक्सालमा, एट्टो३ इलेक्ट्रिक कार सार्वजनिक

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नक्साल,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...