सत्यदीपले नेपाली बजारमा भित्र्यायो विश्व प्रसिद्ध केज ब्रान्डको मोटरसाइकल ब्याट्री

काठमाडौं – विश्वमै लोकप्रिय मानिने केज ब्रान्डको मोटरसाइकल ब्याट्री नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि सत्यदीप इन्टरनेसनलले आधिकारिक वितरकको रुपमा सो ब्याट्री भित्र्याएको हो ।

चीनको काइजी ग्रुप इन्टरनेसनल लिमिटेडले उत्पादन गरेका यी ब्याट्री नेपाली बजारमा २.५ देखि १४ एम्पियर सम्म क्षमतामा उपलब्ध हुने छन् । यी ब्याट्रीको मूल्य १ हजार ३ सय देखि ६ हजार ६ सय रुपैयाँ सम्म तोकिएको छ ।

ब्याट्री बजारमा केज ब्रान्ड विश्वकै पाँचौ, छैटौं नम्बरमा पर्छ । काइजी ग्रुप अन्तर्गत अन्य ६ वटा प्रतिष्ठित सहायक कम्पनीहरु छन् । ती मध्ये ग्वांङझाउ काइजी पावर सप्लाई इन्डष्ट्रियल लिमिटेडले केज ब्याट्रीको उत्पादन गर्छ । यो कम्पनी फुआन गेजिन ब्याट्री कम्पनी लिमिटेडबाट विकसित भएको कम्पनी हो, जुन सन् १९९६ मा स्थापना भएको थियो । लिड एसिड ब्याट्रीको उत्पादन र बजार प्रवद्र्धनमा यो निकै नै लोकप्रिय छ ।

सन् २००९ मा कम्पनीले ड्राईचार्ज्ड भेन्टेड ब्याट्री, इन्स्ट्यान्टली–युज ब्याट्री र भ्याल्यु–रेगुलेटेड लिड एसिड ब्याट्री गरी थ्री सिरिज ब्याट्री उत्पादन गर्ने ग्यारेन्टीका साथ कार्य प्रारम्भ ग¥यो । त्यसैगरी रिप्लेसेबल र मल्टी–फङसनल ब्याट्री तथा नानो–जेल ब्याट्री समेत सफलतापूर्वक विकास ग¥यो ।

ब्याट्रीको गुणस्तरीयताका लागि कम्पनीले उच्च गुणस्तरीय इक्विपमेन्टका साथै दक्ष जनशक्तिको प्रयोग गरेको बताएको छ । यसले गर्दा मोटरसाइकल लिड एसिड ब्याट्रीको उत्पादन, बजार प्रवद्र्धन र बिक्री पछिको सेवामा विश्वका अग्रणी कम्पनीहरुमा काइजी ग्रुप समेत पर्न सफल भएको बताएको छ ।

कम्पनीले उत्पादन गरेका विभिन्न प्रविधिको पेटेन्ट समेत दर्ता हुने क्रममा रहेको छ । ती मध्ये पनि विशेष गरी रिप्लेसेवल मल्टी–फङसनल सिल्ड लिड–एसिड ब्याट्रीले आफ्नो आविस्कारको कारण चीन, युरोप, अमेरिका, जापान र अन्य विभिन्न देशमा पेटेन्ट पाएको छ । यो प्रविधिबाट परम्परागत ब्याट्रीलाई नयाँ प्रविधिमा रुपान्तरण गर्न सकिन्छ ।

त्यसैगरी कम्पनीले विकसित गरेको नानो–जेल ब्याट्री हाल निकै नै चर्चित बनेको छ । यो ब्याट्री हाल बजारमा प्रचलित जेल ब्याट्री भन्दा धेरै नै फरक छ । यो मोटरसाइकल ब्याट्रीको क्षेत्रमा नयाँ प्रविधि भएको र यसले भविष्यमा यो क्षेत्रमा क्रान्ति ल्याउने कम्पनीको दावी छ । ओभर चार्ज वा ओभर डिस्चार्ज, कम वाटर–लस रेट आदिको अवस्थामा यसले अवरोध उत्पन्न गर्छ र डिजाइन समेत आकर्षक छ ।

नेपाली बजारमा हाल उपलब्ध मोटरसाइकलका साथै भविष्यमा उपलब्ध हुने इलेक्ट्रिक मोटरसाइकलमा समेत यी ब्याट्री उपयोग गर्न सकिने छ । यस्ता गुणस्तरीय र विश्व स्तरीय मोटरसाइकल ब्याट्री नेपाली बजारमा उपलब्ध गराएको र यसबाट नेपाली ग्राहक सन्तुष्ट हुनेमा विश्वस्त भएको सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...