काठमाडौं-जनकपुर प्रतियात्रु बस भाडा १५ हजार लिनेलाई कारवाही
काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी...
काठमाडौँ – नेपाली बजारमा होन्डा बाइक र कार बिक्री–वितरण गरिरहेको ज्योति ग्रुप अन्तर्गतका स्याकार ट्रेडिङ कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ कम्पनी प्रालिले कोभिड महामारीको हालको कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ ।
सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख राहत रकम प्रदान गरेको छ । सहयोगकै क्रममा क्रिएसन नेपाललाई ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिन्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर र हेल्दी नेसन फाउन्डेसनलाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराइएको बताएको छ ।
यसका साथै गंगालाल अस्पताललाई ५ लाखको पीएपीआर सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि एनबीआई अर्थात नेसनल बिजनेस इनिसिएटिभलाई १५ लाख र त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभेयरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गो सहित कुल १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ ।
त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रति मिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।
काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी...
काठमाडाैं – ईकमर्स प्लेटफर्म रिचार्जरले कोभिड १९ सँग सम्बन्धित उपकरण...
केही विशेष परिस्थितिबाहेक कोभिड १९ विरुद्धको खोप पूर्ण लगाएका मानिसहरुले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...