जिरीको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरियो बुलेट राइड

नेपाल बुलेट हाउसको आयोजनामा दुई दर्जन भन्दा बढी रोयल इन्फिल्ड अर्थात बुलेट राइडरहरु जिरी पुगेका छन् । काठमाडौंबाट शुक्रबार प्रस्थान गरेको राइडर टोली जिरी र यसको आसपासका विभिन्न पर्यटकीय क्षेत्रहरुमा रमाएका छन् ।

जिरी घुम्न जाँउ फिरीरी नारा सहित आयोजित सो राइड काठमाडौँको तीनकुनेबाट सुरु भएको थियो भने राइडरहरु धुलिखेल–दोलालघाट–खाडीचौर–खरिढुङ्गा–चरिकोट–तामाकोसी–खावा हुँदै जिरी पुगेका थिए ।

नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीले दुई पांग्रे सवारी मार्फत पर्यटकीय गन्तव्य पुग्न सकिने सन्देशका लागि जिरी गएको बताए।

‘यसअघि हामीले नेपालको विभिन्न पर्यटकीय क्षेत्र जस्तै रारा र अपर मुस्ताङ, लोमान्थाङलगायत ठाउँको बाइक यात्रा गरेका थियौँ,’ उनले भने,‘कोरोना महामारीले बिचमा बाइक टुर स्थगित गरेका थियौँ, जिरी बाइक टुरबाट हाम्रो अभियान फेरि सुचारु भएको छ।’

बुलेट हाउसले आयोजना गरेको राइडले जिरीको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने जिरीका व्यवसायी तथा अभियन्ता लीलाराम खड्काले बताए।”काठमाडौँबाट नजिकको गन्तव्यमा बाइक लभर्सलाई पुर्याउनका लागि यसले विशेष प्रेरणा दिनेछ,’ खड्काले भने।

पर्यटन प्रवर्द्धन मञ्च नेपालको सहयोग समेत रहेको सो राइडले आगामी दिनमा थप कार्यक्रम गर्न हौस्याएको कार्कीले बताए । बुलेट हाउसले हरेक वर्ष पर्यटकीय गन्तव्यमा राइड गर्ने बताएको छ ।

सम्बन्धित समाचारहरू

नोभेम्बर ८ मा सार्वजनिक हुँदै रोयल इन्फिल्ड सुपर मेटियर ६५०, टिजर सार्वजनिक

नोभेम्बर ८ मा सार्वजनिक हुँदै रोयल इन्फिल्ड सुपर मेटियर ६५०, टिजर सार्वजनिक

रोयल इन्फिल्ड सुपर मेटियर ६५० बाइकको टिजर सार्वजनिक भएको छ । सो बाइक आगामी...

इतिहास : हातले चलाउने गियरबक्स भएको सन् १९२० मोडलको इण्डियन मोटरसाइकल

इतिहास : हातले चलाउने गियरबक्स भएको सन् १९२० मोडलको इण्डियन मोटरसाइकल

राणा प्रधानमन्त्री जङ्गबहादुरको मृत्यु पछि प्रधानमन्त्री बनेका रणोद्वीप...

शुरु भयो हार्टफोर्डको फ्रि सर्भिस क्याम्प

शुरु भयो हार्टफोर्डको फ्रि सर्भिस क्याम्प

काठमाडौं – हार्टफोर्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक इग्निसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...