जिप -याङलरको इलेक्ट्रिक कन्सेप्ट सार्वजनिक, सिंगल चार्जमा ३५४ किमी रेन्ज दिने

जिपले आइकनिक अफरोडर एसयूभी -याङलरको इलेक्ट्रिक भर्सन सार्वजनिक गरेको छ । कम्पनीले इस्टर जिप सफारी २०२१ को अवसरमा सो एसयूभी सार्वजनिक गरेको हो । उक्त अल इलेक्ट्रिक कन्सेप्टको नाम जिप म्याग्नेटो राखिएको छ, जुन -याङलरमा आधारित छ । जिप म्याग्नेटो एसयूभी कन्सेप्ट कारलाई चम्किलो निलो र सेतो रङमा ड्युअल टोनको साथमा प्रस्तुत गरिएको छ । यसको डिजाइनमा केही परिवर्तन गरिएको छ । सो कारमा टेलगेट, बोनट र अपडेट गरिएको लाइट समावेश गरिएको छ । अफ रोड अपग्रेडको रुपमा सो मोडलमा ५ सेमीको लिफ्ट किट, १७ इन्चको टायर, रोल केज र बलियो फ्रन्ट बिन्च बम्पर समावेश गरिएको छ । जिप म्याग्नेटोमा इलेक्ट्रिक मोटर रहेको छ । स्ट्यान्डर्ड मोडलमा ३.६ लिटर पेन्टास्टार बी६ पेट्रोल इन्जिन समावेश गरिएको छ । सो इन्जिनले २९३ एचपीको पावर र ३७० एनएमको टर्क जेनेरेट गर्छ । सो कार ७ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्ने क्षमता रहेको छ । सो कारको इलेक्ट्रिक पावरट्रेनमा ६ स्पिड म्यानुअल गियरबक्स र क्लच समावेश गरिएको छ । म्याग्नेटोमा सिंगल रेसियो ट्रान्समिसन उपलब्ध रहेको छ । जसले कार टप गियरमा चलाउने समयमा इनर्जी रिकभरी सिस्टममा मदत गर्छ । कम्पनीका अनुसार जीप म्याग्नेटोको नयाँ इन्जिन भी६ जस्तै जबरदस्त हुने दाबी गरिएको छ । यसको च्यासिस एरियामा ४ ब्याट्री जडान गरिएको छ । हरेक ब्याट्रीलाई वाटरप्रुफ केसिङले ढाकिएको छ । सो ब्याट्रीलाई ३० इन्च गहिरो पानीमा डुबाउँदा पनि केही फरक पर्दैन । यसमा ७० केडब्ल्युएच र ८०० भी ब्याट्री प्याक उपलब्ध रहेको छ । जसले फास्ट चार्जिङलाई सुविधा दिन्छ । कम्पनीले जिप म्याग्नेटोको ड्राइभिङ रेन्जको बारेमा केही जानकारी दिएको छैन । रिपोर्टका अनुसार म्याग्नेटो फुल चार्जिङमा लगभग ३५४ किलोमिटरको रेन्ज दिने बताइएको छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...