अफरोडमा थारसँग प्रतिस्पर्धा गर्न जिपले मिनी एसयूभी ल्याउने

अमेरिकी कार निर्माता कम्पनी जिपले महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्न मिनी एसयूभी पेश गर्ने तयारी गर्दैछ । रिपोर्टका अनुसार कम्पनीले अफरोड एसयूभीको मिनी भेरिएन्ट भारतमा लन्च गर्ने सम्भावना रहेको छ ।

यद्यपि भारतीय कार निर्माता महिन्द्राले धेरै एसयूभी ल्याएर बजारमा आफ्नो छाप छोडेको छ । महिन्द्रा थारले एसयूभीको डिजाइनका साथै अफरोड क्षमताका कारण बजारमा आफ्नो वर्चश्व कायम राखेको छ । मारुती जिम्नी र फोर्स गोर्खा आएपछि पनि महिन्द्रा थारको आकर्षण भने घटेको छैन ।

जिपको नयाँ कारमा -याङ्लर जस्तै डिजाइन हुनेछ । जिपको मिनी -याङलरमा अफरोडको फिचर पनि हुनेछ तथा थार जस्तै फ्रेम च्यासिस बडीमा आधारित हुनेछ । रिपोर्टका अनुसार सो एसयूभी पेट्रोल र डिजेल भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा फोरह्विल ड्राइभको विकल्प पनि हुनेछ साथै राम्रो अफ–रोड परफमेन्सका लागि कारमा डिफरेन्सियल लकको फिचर पनि हुनेछ ।

जिप ¥याङ्लरलाई थारसँग प्रतिस्पर्धा गर्न पारिवारिक कारका रूपमा प्रस्तुत गर्ने योजना बनाइँदैछ । जिपको मिनी -याङ्लरमा वायरलेस चार्जिङ, इलेक्ट्रिक एड्जस्ट सिट, सिट भेन्टिलेसन, प्यानोरामिक सनरुफ र ड्युअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी जस्ता फिचर सहित ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुनेछ ।

सम्बन्धित समाचारहरू

स्टेलान्टिसले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने, नेपालमा तीनवटा ब्रान्ड उपलब्ध

स्टेलान्टिसले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने, नेपालमा तीनवटा ब्रान्ड उपलब्ध

स्टेलान्टिस ग्रुपले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने घोषणा गरेको छ ।...

नयाँ मापदण्डका कारण वन्द भएको जीप कम्पास पेट्रोल इन्जिनमा पुनः आउने

नयाँ मापदण्डका कारण वन्द भएको जीप कम्पास पेट्रोल इन्जिनमा पुनः आउने

अमेरिकन अटो निर्माता जीपले आफ्नो लोकप्रिय एसयूभी कम्पसालाई पेट्रोल...

नयाँ जिप कम्पास विश्वव्यापी रूपमा सार्वजनिक, २०२५ को अन्त्यदेखि उत्पादन सुरु हुने

नयाँ जिप कम्पास विश्वव्यापी रूपमा सार्वजनिक, २०२५ को अन्त्यदेखि उत्पादन सुरु हुने

अमेरिकी अटो निर्माता जिपले आफ्नो लोकप्रिय एसयूभी “कम्पास” को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...