एडास प्रविधिका साथ लन्च हुँदै जिप मेरिडियन

जिप इन्डियाले आफ्नो नयाँ एसयूभी मेरिडियन एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम अर्थात एडास सहित लन्च गर्ने तयारी गरिरहेको छ । हालै सो एसयूभीको परीक्षण मोडल देखिएको छ, जसको अगाडि एडास सेन्सर जडान गरिएको थियो । बोश कम्पनीले यसको परीक्षण गरिरहेको छ ।

परीक्षण मोडेलमा बोश टेस्ट भेइकल लेखिएको स्टिकर स्पष्ट देख्न सकिन्छ । स्टिकरमा क्यामेरा र माइक्रोफोनको चिन्ह पनि देखिएको छ । एसयूभीको तल्लो बम्परमा दुई राडार र क्यामेरा पनि देखिएको छ । एडास बाहेक यस एसयूभीमा अन्य कुनै परिवर्तनहरू छैन । साथै जिप कम्पासमा पनि एडास थपिने सम्भावना छ ।

गत वर्ष कम्पनीले मेरिडियनको ओभरल्याण्ड भर्सन प्रस्तुत गरिसकेको छ । यसले टोयोटा फोच्र्युनर र एमजी ग्लोस्टरसँग प्रतिस्पर्धा गरिरहेको छ । स्ट्यान्र्डड मेरिडियनको तुलनामा नयाँ मेरिडियनमा केही कस्मेटिक परिवर्तन गरिएको छ ।

रिपोर्टका अनुसार जिपले १.३ लिटर जीएसई टी४ टर्बो पेट्रोल इन्जिनको परीक्षण गरिरहेको छ । सो इन्जिनले १५० बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ ।

नयाँ मेरिडियनमा २.० लिटर डिजेल इन्जिन हटाइएको छ । यसले १६८ बीएचपीको पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । मेरिडियनलाई ६ स्पिड म्यानुअल गियरबक्स वा ९ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनको साथ प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचारहरू

अफरोडमा थारसँग प्रतिस्पर्धा गर्न जिपले मिनी एसयूभी ल्याउने

अफरोडमा थारसँग प्रतिस्पर्धा गर्न जिपले मिनी एसयूभी ल्याउने

अमेरिकी कार निर्माता कम्पनी जिपले महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्न...

नयाँ जिप कम्पास विश्वव्यापी रूपमा सार्वजनिक, २०२५ को अन्त्यदेखि उत्पादन सुरु हुने

नयाँ जिप कम्पास विश्वव्यापी रूपमा सार्वजनिक, २०२५ को अन्त्यदेखि उत्पादन सुरु हुने

अमेरिकी अटो निर्माता जिपले आफ्नो लोकप्रिय एसयूभी “कम्पास” को नयाँ...

टाटा प्लेटफर्मममा बन्ने नयाँ जीप एसयूभी ५० देशमा निर्यात हुने

टाटा प्लेटफर्मममा बन्ने नयाँ जीप एसयूभी ५० देशमा निर्यात हुने

स्टेलान्टिसले टाटा मोटर्ससँगको साझेदारीलाई विश्वव्यापी बजारका लागि नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...