एडास प्रविधिका साथ लन्च हुँदै जिप मेरिडियन

जिप इन्डियाले आफ्नो नयाँ एसयूभी मेरिडियन एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम अर्थात एडास सहित लन्च गर्ने तयारी गरिरहेको छ । हालै सो एसयूभीको परीक्षण मोडल देखिएको छ, जसको अगाडि एडास सेन्सर जडान गरिएको थियो । बोश कम्पनीले यसको परीक्षण गरिरहेको छ ।

परीक्षण मोडेलमा बोश टेस्ट भेइकल लेखिएको स्टिकर स्पष्ट देख्न सकिन्छ । स्टिकरमा क्यामेरा र माइक्रोफोनको चिन्ह पनि देखिएको छ । एसयूभीको तल्लो बम्परमा दुई राडार र क्यामेरा पनि देखिएको छ । एडास बाहेक यस एसयूभीमा अन्य कुनै परिवर्तनहरू छैन । साथै जिप कम्पासमा पनि एडास थपिने सम्भावना छ ।

गत वर्ष कम्पनीले मेरिडियनको ओभरल्याण्ड भर्सन प्रस्तुत गरिसकेको छ । यसले टोयोटा फोच्र्युनर र एमजी ग्लोस्टरसँग प्रतिस्पर्धा गरिरहेको छ । स्ट्यान्र्डड मेरिडियनको तुलनामा नयाँ मेरिडियनमा केही कस्मेटिक परिवर्तन गरिएको छ ।

रिपोर्टका अनुसार जिपले १.३ लिटर जीएसई टी४ टर्बो पेट्रोल इन्जिनको परीक्षण गरिरहेको छ । सो इन्जिनले १५० बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ ।

नयाँ मेरिडियनमा २.० लिटर डिजेल इन्जिन हटाइएको छ । यसले १६८ बीएचपीको पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । मेरिडियनलाई ६ स्पिड म्यानुअल गियरबक्स वा ९ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनको साथ प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचारहरू

स्वतन्त्रता दिवसका अवसरमा भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

स्वतन्त्रता दिवसका अवसरमा भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

भारतले आज ७८ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक १५ अगस्तमा भारतले...

जिपले भारतीय बजारमा ३ एसयूभी लन्च गर्ने

जिपले भारतीय बजारमा ३ एसयूभी लन्च गर्ने

अमेरिकी कार निर्माता कम्पनी जिपले भारतीय बजारमा नयाँ मोडल ल्याउने तयारी...

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षायाम चलिरहेको छ । यो मौसममा सवारी साधन चिप्लिएर दुर्घटना हुने खतरा बढि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...