यस्तो छ १ करोड ८० लाख पर्ने जीप मेरिडियन

काठमाडौं– जीपको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयुभी मेरिडियनको डेलिभरी सुरु गरेको छ । १ करोड ८० लाख ९० हजार पर्ने सो प्रिमियम एसयूभीलाई कम्पनीले हालसालै नक्सालस्थित शोरुममा विशेष कार्यक्रमको आयोजना गरी एकैदिन तीनवटा हस्तान्तरण गरेको थियो ।

जीप मेरिडियन लेजेन्डरी एसयुभी ब्रान्ड जिपको फोर बाई फोर क्यापाबिलिटी भएको पहिलो सेभेन सिटर एसयुभी हो । नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) मात्र उपलब्ध हुनेछ, जसमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ छ ।

यसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’ सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ ।

मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ । जिपको ‘आइकनिक सेभेन–स्लट ग्रिल’, ‘डीआरएल’ सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को रुप दिएको छ ।

मेरिडियनमा जिपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्टसिट’ र ‘पावर टेलगेट’लगायतका फिचर छन् ।

साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’जस्ता फिचर छन् ।

सम्बन्धित समाचारहरू

जिप मेरिडियनको विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

जिप मेरिडियनको विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

जिपले भारतमा मेरिडियनको नयाँ संस्करण ‘ट्रयाक’ लन्च गरेको छ । मेरिडियन...

ईभीसहित तीन भिन्न पावरट्रेनमा आउँदै नयाँ जीप कम्पास, छिट्टै ग्लोवल डेब्यू हुने

ईभीसहित तीन भिन्न पावरट्रेनमा आउँदै नयाँ जीप कम्पास, छिट्टै ग्लोवल डेब्यू हुने

जीपले आफ्नो लोकप्रिय एसयुभी कम्पासको २०२५ संस्करण छिट्टै लन्च गर्ने तयारी...

जिपको फेसलिफ्ट मोडल -याङलर लन्च, महिन्द्रा फाइभ डोर थारसँग प्रतिस्पर्धा गर्ने

जिपको फेसलिफ्ट मोडल -याङलर लन्च, महिन्द्रा फाइभ डोर थारसँग प्रतिस्पर्धा गर्ने

जिप इन्डियाले भारतमा आफ्नो लोकप्रिय अफ–रोडर एसयूभी जिप ¥याङलरको फेसलिफ्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...