आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द
चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने...
अमेरिकी अटो निर्माता जिपले आफ्नो लोकप्रिय एसयूभी "कम्पास" को नयाँ पुस्ता सार्वजनिक गरेको छ। कम्पनीले इटालियन फुटबल क्लब युभेन्टस एफसीसँगको सहकार्यमा नयाँ जिप कम्पास अनावरण गरेको हो। यस नयाँ मोडलको उत्पादन २०२५ को अन्त्यदेखि इटालीमा सुरु गरिने जानकारी दिइएको छ।
नयाँ कम्पासलाई पहिलेको तुलनामा निकै आकर्षक, बलियो र आधुनिक डिजाइनमा प्रस्तुत गरिएको छ। यसमा वर्गाकार बनावट, मस्कुलर ह्विल आर्च र स्लिम एलईडी हेडलाइट जस्ता विशेषता छ । प्रतिष्ठित सात-स्लट फ्रन्ट ग्रिललाई पनि नयाँ लुक दिइएको छ सो मोडलमा २० इन्चको अलोय ह्विल पनि समावेश छ ।
नयाँ कम्पास एसटीएलए मिड प्लेटफर्ममा आधारित छ, जसले यसलाई अझ मजबुत र प्रविधिमैत्री बनाउँछ। नयाँ जिप कम्पासमा ३ पावरट्रेन समावेश छ । यसमा १.२-लिटर माइल्ड-हाइब्रिड पेट्रोल इन्जिन छ, जसले १४५ हर्सपावर उत्पादन गर्नेछ। यसको १.६-लिटर प्लग-इन हाइब्रिड इन्जिनले १९५ एचपी पावर उत्पादन गर्नेछ। पछि यसलाई इलेक्ट्रिक मोडलमा पनि लन्च गरिनेछ, जसमा ९७ किलोवाट प्रति घण्टासम्मको ब्याट्री हुनेछ, जसले एक पटक चार्ज गर्दा ७०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिनेछ।
नयाँ कम्पासको पहिलो बिक्री युरोपमा सुरु हुने अपेक्षा गरिएको छ। भारतमा यसको लन्च मिति कम्पनीले औपचारिक रूपमा घोषणा गरेको छैन। तथापि, हाल बिक्रीमा रहेको दोस्रो पुस्ताको कम्पास २०२६ सम्म उपलब्ध रहने अनुमान गरिएको छ। नयाँ कम्पास भारतमा २०२६ को अन्त्य वा २०२७ को सुरुवाततिर लन्च हुने सम्भावना छ। नेपालमा पनि यो उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...