शोरुममा राखियो जावा, सोमबारदेखि बुकिङ खुल्ला हुने (फोटो फिचरसहित )

काठमाडौं - जावा मोटरसाइकलको बुकिङ आगामी सोमबारदेखि खुल्ला हुने भएको छ । नेपालस्थित आधिकारिक वितरक अग्नी मोटो इंक स्रोतका अनुसार हाल शोरुम निर्माणको काम अन्तिम चरणमा पुगेको र बाइकलाई शोरुममा सोकेश गर्न थालिएको छ ।

काठमाडौंमा यसको त्रिपुरेश्वर र उत्तरढोकामा शोरुम निर्माण भइरहेको छ । जावा नेपाली बजारमा भित्रिने चर्चा चलेदेखि नै राइडरमाझ कौतुहलताको बिषय बनिरहेको छ । यसको बुकिङ खुल्ला भएपछि शोरुममा झुम्मिने राइडरहरुको भिंड लाग्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा जावाका २ वटा मोडल उपलब्ध छन् । जावा क्लासिक दुई कलर अप्सनमा उपलव्ध छ भने अर्को मोडल जावा फोर्टी टु (जावा ४२) चार कलर अप्सनमा उपलव्ध छ । यी दुईओटै बाइक २९० सीसी क्षमताका हुन् ।

यी बाइकको मुल्य ६ देखि ७ लाखको बीचमा पर्ने कम्पनीले बताएको छ । जावा ४२ भन्दा क्लासिकको मुल्य केही महंगो पर्ने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...