माइलेज, मूल्य, सेफ्टी र फिचरका आधारमा ग्राण्ड भिटारा र हुन्डाई क्रेटामा कुन एसयूभी उत्कृष्ट ?
मिड साइज एसयूभी तीव्र गतिमा बढिरहेको छ । हुन्डाई, किया, निसान, स्कोडा,...
काठमाडौं – नेपालमा जापानमै निर्मित भएको सुजुकी भिटारा कार भित्रिएको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेको सुजुकी भिटारा कार नेपाली बजारमा ल्याएको हो ।
सुजुकीको नक्सालस्थित सुजुकी नेक्स्ट जेन सोरुमबाट सो गाडी खरिद गर्न सकिने कम्पनीको भनाइ छ । सुजुकीले एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने क्रममा पहिलो उत्पादनको रुपमा सुजुकी भिटारा भित्र्याएको हो । यसको मूल्य १ करोड ३ लाख रुपैयाँ तोकिएको छ ।
सीजी मोटोकर्पले एसएमसी जापानबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्ने र अहिलेको लाइनअपलाई निरन्तरता दिने बताएको थियो ।
भिटारा युरोपेली बजारमा सबैभन्दा बढी विक्री हुने प्रिमियम एसयुभीमध्ये पर्छ । यसमा फोर व्हील सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहेका छन् जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स’लाई नयाँ उचाइमा पु¥याउने कम्पनीको विश्वास रहेको छ ।
बक्सी डिजाइनमा तयार भएको सुजुकी भिटारामा ४ ड्राइभिङ मोड उपलब्ध रहेको छ । चालकले आफ्नो आवश्यकता अनुसार यसलाई अटो, स्पोर्ट, स्नो र लक मोडमा चलाउन सक्ने छन् ।
भिटारामा ४.२ इन्चको मल्टी इन्फर्मेसन इन्स्ट्रयुमेन्ट क्लस्टर छ । त्यसैगरी यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । पानारोमिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल वाच जस्ता फिचरले यसको ड्यासबोर्ड निकै प्रिमियम देखिन्छ ।
गाडीमा अटो, स्पोर्ट, स्नो र लक गरी चार ड्राइभिङ मोड उपलब्ध रहेको छ । हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र भित्रिरहेका छन् । अब एसएमसीका उत्पादन सिधै जापानबाट भित्रिएपछि नेपाली ग्राहकले युरोप र उत्तर अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कारको आनन्द अनुभव गर्न पाउने कम्पनीले जानकारी दिएको छ ।
मिड साइज एसयूभी तीव्र गतिमा बढिरहेको छ । हुन्डाई, किया, निसान, स्कोडा,...
काठमाडौं – नेपालका लागि सुजुकी दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक...
सुजुकीले सुजुकी अल्टोको नवौं पुस्ताको मोडल जापानी बजारमा सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...